६ असार २०८३, शनिबार
,
Latest
सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लेबनानमा इजरायली आक्रमण, पाँच जनाको मृत्यु युद्धविरामको समयमा पनि हेजबुल्लाह विरुद्धको अपे्रसन जारी राख्ने आइडिएफको दावी
तपाईं के खोज्दै हुनुहुन्छ ?

म्यान्मारमा भूकम्पबाट मन्दिर र विद्यालयमा क्षति



अ+ अ-

याङ्गुन । म्यानमारमा आइतबार राति आएको ६ म्याग्नीच्यूडको भूकम्पका कारण मन्दिर तथा विद्यालय भवनहरु भत्किएका छन् । देशको सागाङ क्षेत्रमा आएको भूकम्प धेरै ठूलो नभएकाले मानवीय क्षति भएको खबर नआएको सूचना तथा सार्वजनिक मन्त्रालयले सोमबार जनाएको छ ।
श्वेबो क्षेत्रमा केन्द्रविन्दु मानिएको उक्त भूकम्प ६ म्याग्नीच्युडको रहेको थियो ।

खिन यु सहरमा रहेका ३५ ओटा मन्दिर र ११ ओटा शिशु, आठ ओटा विद्यालय, एउटा मस्जिद, गाउँ प्रशासन कार्यालय र पाँच ओटा स्थानीय बासिन्दाका घर भत्किएको अधिकारीहरुले जनाएका छन् ।

मन्डलाय क्षेत्रको मन्डलाय र प्यीन, ओ लवीनलगायतका सहर, सागाङ क्षेत्रको मोन्यवा र चाउङ ओ सहरमा पनि भूकम्पको धक्का महसुस गरिएको थियो । ती क्षेत्रमा पटकपटक परकम्प पनि महुसस गरिएको स्थानीय बासिन्दाले बताएका छन् ।