४ पुष २०८२, शुक्रबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिद्यालय शिक्षक किताबखानाका शाखा अधिकृत र नासु रंगेहात घुससहित पक्राउ



अ+ अ-

काठमाडौं । बिद्यालय शिक्षक किताबखाना, ताहाचल, काठमाडौंमा कार्यरत शाखा अधिकृत अर्जुन प्रसाद पराजुली र नायव सुब्बा राजेन्द्र कुमार के.सी पक्राउ परेका छन् ।

अस्थायी शिक्षकबाट राजिनामा दिए पश्चात गोल्डेन हेण्डसेक बापतको रकम कलमको रेकर्ड मिलान गरी दिनका लागि सेवाग्राहीसँग रू १५,००० घुस माग गरिरहेको भन्ने उजुरीको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टङ्गालबाट खटिई गएको टोलीले कार्यकक्षबाट रंगेहात पक्राउ गरेको हो ।

उनिहरु विरुद्ध अनुसन्धान भइरहेको छ ।