२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

टेलिभिजनकर्मी लामिछानेविरुद्धको मानहानी मुद्दा खारेज



अ+ अ-

काठमाडौं । टेलिभिजनकर्मी रवि लामिछानेविरुद्धको मानहानी मुद्दा खारेज भएको छ । निर्मला पन्त बलात्कार र हत्या प्रकरणको मुद्दा अदालतमा विचाराधीन रहेको अवस्थामा टेलिभिजनमार्फत लामिछानेले डीएसपी अंगुर जिसीसँग अन्तर्वार्ता लिएको भन्दै जिल्ला अदालत कञ्चनपुरमा मानहानीको मुद्दा दायर भएको थियो ।

जिल्ला अदालतका न्यायाधीश गोपालप्रसाद बास्तोलाको इजलासले मुद्दा खारेज गरिदिएको हो । टेलिभिजनमा विचाराधीन मुद्दामा बोल्ने–बोलाउने कार्य भएको भन्दै दिलीप सिंह विष्टका दाइ खड्गसिंहले रवि र जिसीविरुद्ध मुद्दा दायर गरेका हुन् ।

यसैबीच सोही अन्तर्वार्तालाई लिएर पत्रकार आचारसंहिता उल्लङ्घन गरेको भन्दै रवि लामिछानेविरुद्ध पत्रकार खेम भण्डारीले पनि साता पहिले प्रेस काउन्सिलमा उजुरी दर्ता गराएका छन् ।