१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सुविधा भएकै ठाउँमा मात्र स्वास्थ्य सेवा

सुविधा भएकै ठाउँमा मात्र स्वास्थ्य सेवा
अ अ+ अ-

जाजरकोट । भौगोलिक रूपमा जाजरकोट सानो भए पनि पहाडी भू–बनोटका कारण यहाँका बासिन्दालाई सहजरूपमा स्वास्थ्य सेवा पाउन कठिन भएको छ । जिल्लालाई सात स्थानीय तहमा विभाजन गरे पनि जाजरकोटवासीको स्वास्थ्य सेवामा पहुँच भने अति न्यून छ । जिल्लामा ५० शय्याको एक जिल्ला अस्पताल, तीन प्राथमिक स्वास्थ्य केन्द्र र ३१ स्वास्थ्य चौकी छन् ।

त्यस्तै एक आँखा अस्पताल, एक जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र दुई आयुर्वेद औषधालय भए पनि ती सबै जनताको पहुँचभन्दा पनि सुविधासम्पन्न ठाउँमा मात्र केन्द्रित छन् । कुशे गाउँपालिकामा पाँच स्वास्थ्य संस्था भए पनि त्यहाँ दरबन्दीअनुसारका स्वास्थ्यकर्मी नभएको गाउँपालिकाका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए ।

उक्त गाउँपालिकामा पायक पर्ने ठाउँमा स्वास्थ्य संस्था नभएको भन्दै नयाँ चार ठाउँमा स्वास्थ्य संस्था निर्माणका लागि बोलपत्र आह्वान गरेर स्वास्थ्यकर्मीको नियुक्ति गर्न लागिएको उहाँले जानकारी दिए । उक्त गाउँपालिकामा एमबीबीएस गरेका चिकित्सकको दरबन्दी भएका स्वास्थ्य संस्था छैन भने सडक सञ्जालले जोडिए पनि अझैसम्म एम्बुलेन्स खरिद गरिएको छैन । जुनिचाँदे गाउँपालिकाको गर्खाकोटमा लामो समयदेखि एमबीबीएस चिकित्सको दरबन्दी भए पनि रिक्त हुँदै आएको छ ।

जिल्लाको सबैभन्दा दुर्गम र यातायातको सहज पहुँच नभएको सो गाउँपालिका हो । उक्त गाउँपालिकामा तीन स्वास्थ्य चौकी, सात सामुदायिक एकाइ, एक प्राथमिक उपचार केन्द्र रहेको प्रशासकीय अधिकृत सर्वदल शाहीले बताए । नलगाड नगरपालिकाको दल्लीस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा कार्यरत चिकित्सक सञ्जयकुमार यादव तीन महिनादेखि बिदामा रहेका कारण दैनिक उपचारमा समस्या भएको छ ।

नगरपालिकामा आठ स्वास्थ्य संस्था रहेकामा सात नयाँ स्वास्थ्य संस्था थप्न लागिएको नगरपालिकाका प्रशासकीय अधिकृत सुरेन्द्र सिंहले जानकारी दिए । उक्त नगरपालिकामा एम्बुलेन्स खरिद गर्न बोलपत्र आह्वान गरिए पनि कसैले पनि फारम नभरेकाले उक्त शीर्षकको रकम फ्रिज भएको उनको भनाइ थियो । बारेकोट गाउँपालिकामा एउटा पनि स्वास्थ्यकर्मी नभएकाले एक करारमा नियुक्ति गरिएका नवीन साहनीको भरमा लिम्सास्थित प्राथमिक स्वास्थ्य केन्द्र सञ्चालन हुँदै आएको छ ।

औषधि खरिद नगरिएका कारण औषधिको समस्या रहेको बारेकोटका अधिकांश स्वास्थ्य संस्थाले जनाएका छन् । अघिल्लो वर्ष बारेकोट गाउँपालिकामा स्थानीय तह र एक एनजीओको सहयोगमा एक सुत्केरीको उद्धार गरिएको थियो । अन्य स्थानीय तहमा यस्ता खालका घटना नरहेको पाइएको छ ।

सुविधा सम्पन्न स्वास्थ्य संस्था तथा उपकरणको अभाबमा चिकित्सकले छामेको भरमा जिल्लावासीले उपचार गर्नुपरे पनि सुधार हुन सकेको छैन् । जिल्लाका कुनै पनि स्वास्थ्य संस्थाले औषधि खरिद गरेका छैनन् भने जिल्ला अस्पतालमा पनि औषधि अभाव हुन लागेको फार्मेसी विभागले जनाएको छ ।