१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

सिंहदरबार भित्रैबाट दुईवटा मोटरसाइकल चोरी

सिंहदरबार भित्रैबाट दुईवटा मोटरसाइकल चोरी
अ अ+ अ-

काठमाडौं । मुलुकको केन्द्रीय प्रशासनिक केन्द्र सिंहदरबार भित्रैबाट दुईवटा मोटरसाइकल चोरी भएका छन् । ऊर्जा जलश्रोत तथा सिँचाइ मन्त्रालयको पार्किङ क्षेत्रमा राखिएका २ वटा मोटरसाइकल १२ गते चोरी भएको हो । बा२ब ८३०२ नम्बरको सरकारी र बा९प ५९३९ नम्बरको निजी मोटरसाइकल चोरी भएको ऊर्जा मन्त्रालयका अधिकारीले बताएका छन् ।

चोरी भएको मध्ये सरकारी मोटरसाइकल ऊर्जा मन्त्रालयकै इन्जिनियर दीनेश श्रेष्ठले प्रयोग गर्दै आएका थिए । महानगरी प्रहरी प्रभाग सिंहदरबारका डीएसपी कौशल बुढाथोकीले मोटरसाइकल चोरी भएको पुष्टि गरे । चोरी भएको सूचना आएपछि यतिबेला अनुसन्धान गरिरहेको डीएसपी बुढाथोकीले बताए ।

‘१२ गते एक घण्टाको फरमा दुईवटै बाइक चोरी भएको हो, सरकारी बाइक ३ः३० बजे र निजी ४ः३० बजे चोरी भएको सीसी टिभी फुटेजबाट देखिएको छ,’ मन्त्रालयका एक कर्मचारीले भने, ‘फुटेजमा चोरी गर्ने मान्छेले एउटै रंगको कपडा लाएको छ, दुबै बाइक चोरी गर्ने एकै व्यक्ति हुनसक्छ ।’