१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

धितोपत्र बजार: दोहोरो अङ्कको गिरावट कायमै

धितोपत्र बजार: दोहोरो अङ्कको गिरावट कायमै
अ अ+ अ-

काठमाडौँ । आइतबार दोहोरो अङ्कले आरोलो लागेको धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि सोही लयमा घटेको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार नेप्से परिसूचक १४.४५ बिन्दुले घटेर एक हजार १७०.३४ मा पुगेको छ । आज नेप्से १.२२ प्रतिशतले घट्यो । यस्तै सेन्सेटिभ परिसूचक २.९८ अर्थात १.१५ प्रतिशतले ओरालो लागी २५६.३१ विन्दुमा झरेको छ ।

नेप्से उच्च अङ्कले घटे पनि कारोबार रकममा भने केही सुधार देखिएको छ । कूल १७१ कम्पनीको १३ लाख ८० हजार ६६० कित्ता शेयर रु ४० करोड ७५ लाख ६९ हजार ७१२ मूल्यमा खरिदबिक्री भए । आइतबार कूल १६९ कम्पनीका ११ लाख चार हजार ३९५ कित्ता शेयर रु २९ करोड ७३ लाख ९८ हजार बराबरको कारोवार भएको थियो । स्टकका अनुसार आज कारोबार भएका कूल ११ उपसमूहको शेयर ओरालो लागेको छ ।

बैंकिङ १२.५९, होटल ०.३४, विकास बैंक १२.०९, जलविद्युत् १४.७४, वित्त ६.०४, निर्जीवन बीमा ७१.२७, उत्पादन २०.२, अन्य ७.३६, लघुवित्त २४.९८, जीवन बीमा ९५.६९ र सामूहिक लगानी कोष ०.०६ विन्दुले घटेको छ । कारोवारका आधारमा आज नेपाल बैंक लिमिटेड शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु दुई करोड ५६ लाख ६५ हजार बराबरको कारोबार भयो ।

यस्तै नेपाल लाइफ इन्स्योरेन्स कम्पनी रु दुई करोड ५० लाख तीन हजार ५७५, युनाइटेड फाइनान्स रु दुई करोड ४४ लाख ९३ हजार ३५८, सबैको लघुवित्त वित्तीय संस्था लिमिटेड रु एक करोड ९३ लाख ९२ हजार ११३, कुमारी बैंक लिमिटेड रु एक करोड ८८ लाख ९८ हजार ४५०, कृषि विकास बैंक रु एक करोड ८२ लाख १४ हजार १९७ र शिवम् सिमेन्ट रु एक करोड ५१ लाख ५१ हजार २११ मूल्यमा खरिदबिक्री भई शीर्ष स्थानमा रहे ।

स्टकका अनुसार आज दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले ५.४५, सबैको लघुवित्त वित्तीय संस्था ४.५४, आँधीखोला लघुवित्त वित्तीय संस्था ३.६४, वल्र्ड मर्चेन्ट बैंकिङ एण्ड फाइनान्स ३.३० र ओरियन्टल होटल लिमिटेडका शेयरधनीले २.९२ प्रतिशतले कमाए ।

यस्तै ग्रामीण विकास लघुवित्त वित्तीय संस्था ७.९६, सपोर्ट माइक्रोफाइनान्स वित्तीय संस्था ७.४४, युनाइटेड फाइनान्स ६.२५, कर्णाली डेभलपमेन्ट बैंक लिमिटेड ५.६० र युनाइटेड इन्स्योरेन्स कम्पनीका शेयरधनीले ५.५३ प्रतिशतले गुमाए ।