१५ असार २०८३, सोमबार
,
Latest
गृहमन्त्री र गृहसचिवकै गाडीबाट कालो सिसा हटाइयो भ्रष्टाचार गरेको अभियोगमा ९ जनाविरुद्ध मुद्दा दायर विष्णु पौडेललाई थप तीन दिन हिरासतमा राख्न विशेष अदालतको अनुमति चीनद्वारा भेनेजुएलालाई १० करोड युआन बराबर राहत सहायता त्रिभुवन विश्वविद्यालयका आंगिक क्याम्पसबाट ६० दिनभित्र दलीय विद्यार्थी संगठनका संरचना हटाउन निर्देशन पद्मश्री साहित्य पुरस्कारको विस्तारित सूची सार्वजनिक, १५ कृति छनोट कांग्रेस केन्द्रीय निर्वाचन समितिमा दुई पदाधिकारी मनोनयन राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयकमाथि विचार गरियोस्’ प्रस्ताव स्वीकृत पवन गिरीको नयाँ गीत ‘मन भारी’ सार्वजनिक उद्योगमन्त्री यादवको सक्रियतामा मन्त्रालयमा ड्यासबोर्ड सञ्चालन, कम्पनी दर्ताको अपडेट अब रियल टाइममा
तपाईं के खोज्दै हुनुहुन्छ ?

फरार अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलायो



अ+ अ-

राँझा । एक फरार अभियुक्तलाई नियन्त्रणमा लिन प्रहरीले बाँकेको राँझामा गोली चलाएको छ।

चोरी तथा डकैत मुद्दामा ६ वर्ष कैद सजाय सुनाइएका बाँके बैजनाथ गाँउपालिका वडा नं. ४ का नरेन्द्र न्यौपानेलाई प्रहरीले गोली चलाएको हो। २०६८ साल असोज ६ गते चोरी तथा डकैटी मुद्दामा जिल्ला अदालत बाँकेले न्यौपानेविरुद्ध सर्वस्व कैदको सजाय सुनाएको थियो। अदालतको फैसलासँगै उनी फरार रहँदै आएका थिए।

सोमबार नेपालगञ्जको राँझा विमानस्थल नजिकै भेटिएका न्यौपानेलाई प्रहरीले पक्राउ गर्न खोजेको थियो। प्रहरीले आफूलाई पक्राउ गर्न लागेको थाहा पाएर भाग्न थालेका न्यौपानेलाई प्रहरीले उनीमाथि गोली प्रहार गरेको हो।

जिल्ला प्रहरी कार्यालय बाँकेले उनलाई देब्रे खुट्टामो गोली हानेर नियन्त्रणमा लिएको जनाएको छ।उनको अहिले नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भईरहेको प्रहरीले जनाएको छ।