१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुहरुमाथि भएका क्रुर व्यवहारले नेपालको छवी धुमिल पार्‍यो: महानिर्देशक शर्मा



अ+ अ-

काठमाडौं । पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले सुर्खेत र खोटाङमा पशुहरुमाथि भएका क्रुर व्यवहार अन्तर्राष्ट्रिय स्तरमा नेपालको छवि धुमिल पार्ने खालको भएको बताएका छन् । सोमबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले घटनाका दोषी पत्ता लगाई हदैसम्मको कारबाही गर्नुपर्नेमा जोड दिएका छन् ।

डा. शर्माले घटनाको छानबिन गर्न समिति गठन गरिएको र घाइते पशुहरुको उपचार भैरहेको जानकारी दिए । यता नेपाल भेटेनरी एशोसिएसन र स्नेहाज केयरले आज संयुक्त विज्ञप्ति जारी गरी घटनाको सत्यतथ्य छानबिन गरी दोषीलाई दण्डित गर्न माग गरेका छन् ।

पशु व्यवस्थापनमा सृजनात्मक, दीर्घकालिन तथा मानवीय उपाय अबलम्बन गर्नुपर्नेमा यस्ता क्रुर घटना हुनु गैह्रजिम्मेवारपूर्ण भएको विज्ञप्तिमा उल्लेख छ । केही समय अघि मात्र खोटाङमा छाडा कुकुरहरुलाई बर्बरतापूर्वक मारिएको थियो भने गत हप्ता सुर्खेतमा सयौं गाईगोरु भिरबाट खसाल्दा ३० भन्दा बढी मरेका थिए ।