१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

गौहत्या: अनुसन्धान गर्न कर्णाली प्रदेशमा छुट्टै समिति बनाइयो

गौहत्या: अनुसन्धान गर्न कर्णाली प्रदेशमा छुट्टै समिति बनाइयो
अ अ+ अ-

काठमाडौं । बाँके नेपालगन्ज उपमहानगरबाट दैलेख लैजाँदै गरेका गाईगोरु भीरबाट खसालेको अभियोगमा प्रहरीको नियन्त्रणमा रहेका सात जनालाई अनुसन्धानका लागि सोमबार म्याद थपिएको छ।

गाईगोरु बोकेका ट्रक चालक पाँच जना र दुई जना सहचालकलाई अनुसन्धानका लागि भन्दै जिल्ला अदालत सुर्खेतले सात दिनको म्याद थपेको हो।

उनीहरूलाई प्रहरीले शुक्रबार पक्राउ गरेको थियो। चालक शत्रुधन चौधरी, दामोदर केसी, सागर विक, विवेक कुँवर, हिमबहादुर जिसी, सहचालक अमृत चौधरी र कृष्णबहादुर बिसीलाई अनुसन्धानका लागि जिल्ला अदालत सुर्खेतले म्याद थप गरेको छ।

यस विषयमा छानविन गर्न कर्णाली प्रदेशमा पनि समिति बनाइएको छ। प्रदेश प्रहरी कार्यालयका प्रहरी उपरीक्षक भोला रावलको संयोजकत्वमा तीन सदस्यीय समिति बनाइएको हो। यो समितिले कर्णाली प्रदेशमा भित्रिएका चौपायाका बारेमा अनुसन्धान गर्नेछ।

गौहत्यासँग जोडिएको पाटो जिल्ला प्रहरी कार्यालयले हेर्ने र गठित समितिले प्रहरी चेकपोस्ट तथा सम्बन्धित युनिटहरुबाट केका आधारमा गाईगोरु भित्रिए भन्ने विषय हेर्ने डिआईजी जोशीले बताए।

नेपालगन्ज उपमहानगरमा रहेको कान्जीहाउसबाट तीन सय ७० गाईगोरु र बाच्छा बाच्छीलाई दैलेखको भैरवी गाउँपालिका–१ को श्रीस्थान पुर्‍याउन भन्दै बीहिबार साँझ नेपालगञ्जबाट पठाइएको थियो। तीमध्ये वीरेन्द्रनगरको ब्यूरेनी, सुब्बाकुना र कटकुवामा गाई भीरबाट खसालिएको थियो। ३५ गाईगोरु मरेको भेटिएको छ।

तीमध्ये कटकुवामा २१, ब्युरेनीमा ८ र सुब्बाकुना नजिक ६ गाई मरेका हुन्। सबैलाई वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा गाडिएको छ।

गाई झारेर फर्कंदै गरेका ८ ट्रकमध्ये प्रहरीले बबईबाट पाँच ट्रकसहित चालक र सहचालक गरी सातजनालाई पक्राउ गरेको थियो। बाँकी तीनवटा ट्रक, तिनका चालक, नेपालगन्ज उपमहानगरपालिकाअन्तर्गतको नगर प्रहरीका प्रहरी निरीक्षक सूर्य बोगटीसहित यसमा संलग्नहरुको खोजी कार्य भइरहेको प्रहरी नायब उपरीक्षक रबी रावलले जानकारी दिए ।