१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कर्मचारीको हस्ताक्षर अभियान, क्यान्सर अस्पतालमा पदाधिकारी प्रवेश निषेध

कर्मचारीको हस्ताक्षर अभियान, क्यान्सर अस्पतालमा पदाधिकारी प्रवेश निषेध
अ अ+ अ-

भक्तपुर । भक्तपुर क्यान्सर अस्पतालका कर्मचारीले नेपाल अर्बुद रोग निवारण संस्थाका अनियमितताको आरोपी पदाधिकारीलाई अस्पताल प्रवेश निषेध गरेका छन् । देशभरिका क्यान्सर बिरामीको उपचार गराउने अस्पतालमा अनियमितता गरेको आरोप लागेका संस्थाका अध्यक्ष लोकेन्द्रबहादुर श्रेष्ठ ‘ईश्वर’ र महासचिव विमलकुमार होडालाई भक्तपुर क्यान्सर अस्पताल कर्मचारी कल्याणकारी समितिले अस्पताल प्रवेशमा निषेध गरेको हो ।

अस्पतालमा आज आयोजित विरोध कार्यक्रममा कर्मचारीले हस्ताक्षर अभियानसमेत सञ्चालन गरेर संस्थामा लामो समयदेखि रहेर बिरामीका लागि र भौतिक संरचना निर्माणमा आएकोे बजेटको दुरुपयोग गर्ने पदाधिकारीलाई अब कुनै हालतमा अस्पतालमा प्रवेश गर्न नदिइने कल्याणकारी समितिका संयोजक शिवराम धुख्वाले बताए ।

उनले भने, “देशभरका क्यान्सरका बिरामीको उपचारका लागि आएको बजेटमा ब्रम्हलुट गर्ने पदाधिकारीलाई अब क्यान्सर अस्पतालमा कुनै हालतमा प्रवेश गर्न दिदैनौँ, उनीहरु विरुद्ध हस्ताक्षर अभियानसमेत सञ्चालन गरेका छौँ, अस्पतालमा सेवा पनि रोक्दैनौँ ।” उनले अस्पतालमा व्यापकरूपमा भएको भ्रष्टाचार रोक्न पटकपटक आग्रह गर्दा पनि मनोमानी गरेपछि बाध्य भएर अस्पताल जोगाइदिन स्थानीय सरकारका रूपमा रहेको भक्तपुर नगरपालिकालाई लिखितरूपमै आग्रह गरेपछि नगरपालिकाले साउन ३० गते पुरानो समिति भङ्ग गरेर नगरप्रमुख सुनिल प्रजापतिको अध्यक्षतामा नयाँ व्यवस्थापन समिति गठन गरेको बताए ।

संयोजक धुख्वाले भने, “अस्पतालमा विगतको व्यवस्थापनबाट भइरहेका अनियमितता तथा भ्रष्टाचार, श्रम शोषण, कर्मचारीप्रति दुव्र्यवहार जस्ता बदनियतपूर्ण कार्यलाई समयमा नै रोक्नु आवश्यक ठानेर नै यस समितिले तत्कालीन व्यवस्थापन समितिका कर्तुतका बारेमा भक्तपुर नगरपालिकामा लिखित निवेदन दिँदै भ्रष्टाचार नियन्त्रण लागि अनुरोध गरेका हौँ, अब अस्पतालमा कुनै निकायलाई पनि भ्रष्टाचार हुन दिदैनौँ ।”

उनले भक्तपुर नगरपालिकाले संस्थाका अध्यक्ष लोकेन्द्रकुमार श्रेष्ठको नेतृत्वको तत्कालीन व्यवस्थापन समिति भङ्ग गरी गठन गरेको नयाँ व्यवस्थापन समितिप्रति अस्पतालका सबै कर्मचारीको पूर्ण निष्ठा, भरोसा र समर्थन रहेको भन्दै पुरानो समितिलाई अब नमान्ने बताए ।

कार्यक्रममा अस्पतालका मेडिकल डाइरेक्टर प्रा. डा. ऋषिकेशनारायण श्रेष्ठले अस्पतालमा नयाँ समिति गठन भएपछि पनि अस्पतालले दिएको सेवा तथा सुविधामा कुनै कमी नआएको बताए । उनले नयाँ समिति आएपछि कर्मचारमिा ऊर्जा थपिएको र बिरामीलाई दिने सेवा समय एवं थप सेवा सञ्चालन गरेको बताए।