२६ भाद्र २०८३, शुक्रबार
,
Latest
अन्तराष्ट्रिय मञ्चमा जलवायू न्यायसम्बन्धी नेपालको आवाज पर्याप्त हुन सकेको छैन: जलवायु विज्ञ मास्के कुम्भकर्ण हिमालयको मौलिक नाम र सांस्कृतिक पहिचान  नागरिक लगानी कोष र महाशक्ती सिमेन्टबीच सेयर प्रत्याभूति सम्झौता भोटेकोशी बाढीको १७औँ दिन : १,३८५ को शव भेटियो, पुनर्निर्माणमा साढे ६ खर्ब लाग्ने संयुक्त राष्ट्रसंघको महासभामा प्रधानमन्त्री बालेनले सम्बोधन गर्ने : न्यूयोर्कमा नेपालले ‘सगरमाथादेखि समुद्रसम्म’ विशेष साइड-इभेन्ट आयोजना… बस र्यापिड ट्रान्जिट (बीआरटी) मोडल कार्यान्वयनका लागि यातायातसम्बन्धी नयाँ ऐन निर्माणको तयारीमा छौँः मन्त्री लम्साल प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा रु १३ अर्ब २३ करोड रकम मौज्दात शिक्षामन्त्रीद्वारा राष्ट्रिय पाठ्यक्रम प्रारूप परिमार्जनबारे मधेसमा छलफल महानगरका तत्कालीन इन्जिनियरसहित चार जनामाथि मुद्दा दायर जलवायु न्यायसम्बन्धी छुट्टै कानुन छैन, तर विपद्सम्बन्धी अन्तर्राष्ट्रिय सम्झौताका आधारमा दाबी गर्न सकिन्छ: विपद् विज्ञ…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक हस्तक्षेप हुँदैनः अर्थमन्त्री डा वाग्ले



अ+ अ-

काठमाडौं । अर्थमन्त्री डा स्वर्णिम वाग्लेले कर्मचारी सञ्चय कोषको लगानीमा राजनीतिक प्रभाव पर्न नदिने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा कर्मचारी सञ्चय कोष (दशौँ संशोधन) विधेयक, २०८३ माथि विचार गरियोस् भन्ने प्रस्तावमाथिको सैद्धान्तिक छलफलमा सांसदहरूको प्रश्नको जवाफ दिँदै अर्थमन्त्री डा वाग्लेले विगतमा कोषको रकमबाट विमान खरिद गर्दा भएको लगानी फलदायी हुन नसकेको उदाहरण दिँदै आगामी दिनमा राजनीतिक अभिष्टबाट प्रेरित लगानीका निर्णय न्यून गर्न सरकार सचेत रहेको स्पष्ट पार्नुभयो ।

मन्त्री डा वाग्लेले कोषमा रु ७०० अर्बभन्दा बढी रकम रहेको उल्लेख गर्दै कर्मचारीको रकमको समुचित परिचालन आवश्यक रहेको बताउनुभयो । लगानी नगरी रकम मात्र सञ्चित गरेर राख्नु कोषको उद्देश्य नभएको उहाँको भनाइ थियो ।

मन्त्री डा वाग्लेले कोषको नेतृत्व तथा सञ्चालक समिति सदस्य नियुक्तिमा ‘मेरिटोक्र्याटिक’ प्रक्रिया अपनाइएको र प्रशासक छनोट प्रतिस्पर्धात्मक प्रक्रियाबाट गरिएको जानकारी दिनुभयो । उहाँले विधेयकमा कोषको स्वायत्तता, सञ्चालक समितिको संरचना र महिला सहभागितालगायत विषयमा उठेका प्रश्नलाई दफावार छलफलका क्रममा संशोधनमार्फत सम्बोधन गर्न सकिने बताउनुभयो ।

आजकै बैठकले उक्त विधेयकमाथि विचार गरियोस् भन्ने प्रस्ताव बहुमतले स्वीकृत गरेको छ । अर्थमन्त्री डा वाग्लेले प्रस्तुत गर्नुभएको उक्त प्रस्ताव सभामुख डोलप्रसाद अर्यालले निर्णयार्थ पेस गर्नुभएको थियो ।




भर्खरै