२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

आत्मनिर्भर बन्दै महिला



अ+ अ-

बागलुङ । बागलुङ नगरपालिका–४ उपल्लाचौरकी जमुना जिसीले १० वर्षअघि गाउँकै सहकारीबाट रु १० हजार ऋण लिएर बाख्रा पाल्न थाल्नुभएको थियो । उहाँले बाख्रा पालेरै छोराछोरी पढाउनुभयो, घर खर्च चलाउनुभयो र केही तरकारी पनि फलाउनुभयो ।

कालिका महिला सहकारीमार्फत रु १० हजारको ऋण पत्याउन समस्या पर्ने जिसीले दशकमा लाखौँ ऋण पाउने क्षमता बनाउनुभएको छ । नियमित बाख्रापालन गरेर उहाँले कमाइ मात्र गर्नुभएन, सहकारीमा आबद्व सदस्य र सञ्चालकको मन पनि जित्नुभयो । समयमा ऋण तिर्ने कामले उहाँप्रति विश्वास बढायो । उहाँको मेहेनतमा श्रीमान् खड्गबहादुर जिसीले पनि साथ दिनुभयो ।

“साहुको घरमा पुगेर ऋण माग्न कठिन हुन्थ्यो, आफ्नै सहकारीमार्फत काम गर्न सजिलो भयो”, उहाँले भन्नुभयो, “दुई छोरी र एक छोरा हुर्काउन सहकारीको ऋणले साथ दियो ।” नियमित मेहेनत गरेकै कारण उहाँले ऋण चाहेजति पाउने भएपछि बाख्रापालन छाडेर भैँसीपालनको तयारी गर्नुभएको छ । उहाँले भैँसी पालेर बजारमा दूध बिक्री गर्ने योजना बनाएको बताउनुभयो । “अब भैँसी पाल्ने योजना बनाएकी छु”, उहाँले भन्नुभयो, “त्यसका लागि रु १० लाख बढी खर्च लाग्छ ।”

सहकारीबाट केही ऋण लिएर यसअघि कमाएको कमाइ त्यसमा मिसाउने उहाँको तयारी छ । सहकारीले पनि उहाँलाई विश्वास गरेकाले उद्यम गर्नका लागि साथ दिने अध्यक्ष पिङ्गला खड्काले बताउनुभयो । “हामीले ऋण मात्र दिएका छैनौँ, महिलालाई उद्यमी पनि बनाएका छौँ”, खड्काले भन्नुभयो, “अधिकारका लागि हामीले अभियान चलाएका छौँ ।” महिलाले आफ्नो अधिकार खोजी गर्दै उद्यमी पनि बनेका उहाँले बताउनुभयो । आर्थिक क्रान्तिको लागि सहकारीले महिलालाई साथ दिने उहाँको भनाइ छ ।

जिसीलाई सहकारीले उत्कृष्ट ऋणीका रुपमा पुरस्कारसमेत दिएको छ । जिसीजस्तै सहकारीकै साथ पाएर १०० बढी महिलाले व्यवसाय चलाएका छन् । झण्डै ५०० महिला सदस्य भएको सहकारीमा हरेकले कुनै न कुनै उद्यम गरिरहेका सञ्चालकले बताएका छन् । व्यावसायिक गाई, भैँसी, बाख्रापालनसहित तरकारी खेती, पसल सञ्चालन र अन्य व्यवसायका लागि पनि ऋण प्रवाह गर्दा शतप्रतिशत असुली भएको खड्काले बताउनुभयो ।

पछिल्लो समय उनीहरुले घरघरबाट विकृतिविरुद्धको अभियान पनि चलाउने गरेका छन् । छोराछोरीमा भित्रिएको विकृतिको समस्या समाधान गर्न उनीहरु लाग्न लागेका हुन् । छोराछोरीको दैनिकी बुझेर विकृतिमा लागेका भेटिए सुधार गर्ने योजनामा पनि उनीहरुले तयारी गरेको उहाँले बताउनुभयो । तत्कालीन महिला तथा बालबालिका कार्यालयले गठन गरेको समूहबाट खोलिएको सहकारीबाट महिलाको बोल्ने क्षमता पनि विकास भएको अधिकारकर्मी लक्ष्मी जिसी कार्कीले बताउनुभयो ।

“अधिकार खोज्दै आत्मनिर्भर व्यवसाय खोज्न सजिलो होस् भनेर महिला विकास कार्यालयले बीउ पूँजी दिएर थालेका थियौँ”, उहाँले भन्नुभयो, “अहिले सबैजना खुशी छन्, उद्यम गर्छन् र सचेत भएका छन् ।” घरपरिवारका सदस्यको आशमा बस्नुपर्ने महिलालाई आफ्नो कमाइ खाने अवस्था सिर्जना भएको उहाँले बताउनुभयो ।