१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

स्थानीय तहको १३ करोड बेरुजु

स्थानीय तहको १३ करोड बेरुजु
अ अ+ अ-

डोटी । जिल्लाका नौ वटा स्थानीय तहको कूल रु १३ करोड रकम बेरुजु देखिएको छ । केही स्थानीय तहले मनोमानी रुपमा रकम वितरण गरेको पाइएको छ । दिपायल सिलगढी नगरपालिकाले पानीखोला तिखाडाँडाबाट भण्डारी जग्गा हुँदै गिरी महराको घरसम्मको सडक, कौढुङ्गादेखि थमाल्लीसम्म खानेपानी, सिलखोली गाउँदेखि घटाली गाउँ, सडक, रातोली, पाकरी, कुन्जेडी, सडक, पनेरझाडदेखि झङ्कसम्मको बाटो पिसिसी, घोलतडा सेतीनदी कटान संरक्षण योजनामा सम्झौताभन्दा बढी भुक्तानी दिइएको फेला परेको छ ।

विभिन्न योजनामा सम्झौताभन्दा रु एक लाख ७५ हजार ३६१ नगरपालिकाले बढी भुक्तानी गरेको छ । आव ०७४/७५ मा सम्पन्न ती योजनाको नाममा महालेखा परीक्षकको प्रतिवेदनमा बेरुजु देखाइएको छ । “काट्नु पर्ने कर नकाटेको देखिएकाले पनि केही योजनामा बेरुजु देखिएको हो”, नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत भोजराज शर्माले भन्नुभयो, “केही योजनामा पछि स्टिमेट उठाउँदा काम बढी गरेको पाइएकाले पनि सम्झौताभन्दा केही रकम बढी गएको हो ।”

त्यस्तै पूर्वीचौकी गाउँपालिका पनि यस्तै योजनाहरुमा अनियमित रुपमा भुक्तानी गरिएको छ । विभिन्न मेशिनरी सामग्रीहरु लागत अनुमान नै नगरी बिल भुक्तानी गरेको, स्वास्थ्य चौकीमा कार्यालय सामग्री खरीद गर्ने भनी सम्झौता गरेकामा भुक्तानी गर्दा शौचालय निर्माण तथा मोबाइल खरीदका बिल पेश गरेर रकम बुझेको पाइएको छ ।

त्यस्तै कार्यालय सामान भन्दै पूर्वीचौकीले स्लिपिङ ब्याग १५, रेनकोट १५, पावर बैंक दुई र टर्चलाइट २० थान कोटेशनबाट शेखर टे«ड एण्ड सप्लायर्ससँग खरीद गरी भुक्तानी दिइएको छ । टर्चलाइटका लागि भने शेखरको कोटेशन भए पनि गौरव इन्टरप्राइजेजबाट खरीद गरिएको छ । “ती सामग्री कहाँ छन् र बुझेको हो भन्ने कुरा न कार्यालयमा दाखिला छ, न बुझ्ने व्यक्तिको भर्पाई छ”, महालेखा परीक्षकको प्रतिवेदनमा उल्लेख गरिएको छ, “कोटेशन र बिलमा मूल्य फरक पारेर पनि औषधि र उपकरण खरीदमा बढी भुक्तानी मेडी डिष्ट्रब्युटर्सलाई गाउँपालिकाले दिएको छ ।”

त्यसैगरी सिलगढी साँफेबगर सडक सीमामा प्रवेशद्वार बनाउने कामको लागत अनुमान तयार गर्दा पिल्लरको फाउन्डेशन कामको दोहोरो इष्टिमेट राखेर रु १२ लाख तीन हजार ८०९ भुक्तानी दिइएको छ । कोलहाल्ने खानेपानी योजनामा सम्झौताभन्दा बढी रकम भुक्तानी दिएको छ भने घरबास कार्यक्रमअन्तर्गत होटेल व्यवसायी सङ्घसँग सम्झौता नै प्रचलित कानून उल्लङ्घन गरी रु १३ करोड ७४ लाख बेरुजु देखिएको छ ।

आव २०७४/७५ मा आएको रु दुई अर्ब ६७ करोड ५७ लाख तीन हजार ५०९ कूल बजेटमध्ये सो रकम बेरुजु देखिएको हो ।सबैभन्दा बढी दिपायल सिलगढी नगरपालिकाको बेरुजु देखिएको छ । नगरको रु ४६ करोड ५० लाख १९ हजार बजेटमध्ये रु पाँच करोड एक लाख महालेखाले बेरुजु देखाएको छ । नगरपालिकाले तत्काल रकम असुल गर्नुपर्ने रु सात लाख ४५ हजार छ भने कागजात नै नपु¥याई भुक्तानी दिइएको रकम रु चार करोड ४६ लाख ८८ हजार छ ।

कानूनी प्रावधानभन्दा बाहिर गएर भुक्तानी दिएको रु २७ लाख ८८ देखिन्छ । दोस्रोमा पूर्वीचौकीको बेरुजु रकम बढी देखिएको छ । सो गाउँपालिकाको रु दुई करोड १३ लाख नौ हजार बेरुजु देखिएको छ । जस्मा महालेखा परीक्षकले रु १८ लाख २१ हजार असुल गर्नुपर्ने उल्लेख गरेको छ । अनियमीत देखिएको रु एक करोड ५२ लाख नौ हजार, कागजात नपुगेको रु २७ लाख ४९ हजार र पेश्की लगेर फछ्र्यौट गर्न नसकेको रु १४ लाख ५० हजार प्रतिवेदनमा देखाइएको छ ।

सबैभन्दा कम बेरुजु शिखर नगरपालिकामा देखिएको छ । शिखरको कूल बजेट रु ५१ करोड ७८ लाख ७८ हजारमध्ये रु ५६ लाख मात्र बेरुजु देखिएको छ । जिल्लामा सबैभन्दा बढी बजेट चलाउने स्थानीय तह भए पनि शिखरमा भने बेरुजु अत्यन्त न्यून देखिएको छ । शिखरको नाममा महालेखा परीक्षकले रु ३३ लाख ४९ हजार असुल गर्नुपर्ने देखाइएको छ । त्यस्तै बोगटान गाउँपालिकाको रु एक करोड ४७ लाख १६ हजार, सायल गाउँपालिकाको रु एक करोड छ लाख २२ हजार, आदर्शको रु एक करोड ५५ हजार, केआई सिंहको रु ९६ लाख १४ हजार, बडीकेदारको रु ८५ लाख ३६ हजार र जोरायल गाउँपालिकाको रु ६७ लाख ३२ हजार बेरुजु देखाइएको छ ।