१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

छत्रपाटी निःशुल्क चिकित्सालयमा अक्सिजन प्लान्ट जडान

छत्रपाटी निःशुल्क चिकित्सालयमा अक्सिजन प्लान्ट जडान
अ अ+ अ-

काठमाडौँ । काठमाडौँ महानगरपालिका वडा नं १७ मा रहेको छत्रपाटी निःशुल्क चिकित्सालयमा अक्सिजन प्लान्ट जडान गरिएको छ । दया फाउण्डेशन, अमेरिकामा रहेको नेपालीको संस्था युनाइटेड नेवा, आइओएनलगायत दर्जनबढी संस्था तथा व्यक्तिको सहयोगमा चिकित्सालयमा दैनिक १०० सिलिण्डर क्षमताको अक्सिजन प्लान्ट जडान गरिएको हो । 

अक्सिन प्लान्टको आज ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले उद्घाटन गर्नुभयो । रु एक करोड ४५ लाखको लागतमा अक्सिजन प्लान्ट जडान गरिएको चिकित्सालयका अध्यक्ष डा मनोजमान श्रेष्ठले जानकारी दिनुभयो । 

कार्यक्रममा मन्त्री भुसालले अक्सिजन प्लान्टको जडानले जनताको जीवन रक्षामा महत्वपूर्ण भूमिका निर्वाह गर्ने विश्वास व्यक्त गर्नुभयो । चिकित्सालयले शहरी क्षेत्रको बीचमा रहेर न्यून आय भएका, गरिब, असहाय जनताको सेवामा समर्पणको उच्च सम्मान गर्दै सरकारले अस्पताललाई थप सहयोग गर्दै अघि बढ्ने जानकारी दिनुभयो । 

मन्त्री भुसालले यही मङ्सिर १ गतेदेखि देशैभरिका गरिब जनताका लागि विद्युत् महसुल घटाइएको जानकारी दिनुभयो । गरिबलाई विद्युत् निःशुल्क उपलब्ध गराउँदै सरकार लोककल्यलाणकारी अवधारणाबाट अघि बढेको प्रष्ट पार्नुभयो । 

काठमाडौँ महानगरपालिका वडां १७ का अध्यक्ष नवीन मानन्धरले अस्पतालले २०७२ सालको भुकम्प र हालको कोडिभ महामारीमा उल्लेख्य भूमिका खेलेको उल्लेख गर्दै सरकारले पूर्वाधार विकासमा ध्यान दिन नसकेको बताउनुभयो ।

चिकित्सालयका उपाध्यक्ष कुमारदेव मानन्धरले दैनिक १०० सिलिण्डर अक्सिजन उत्पादन हुने, स्वचालित पाइपमार्फत सिधैँ अस्पतालको बेडहरुमा पुग्ने अक्सिजन प्लान्ट निर्माण सम्पन्न भएको जानकारी दिँदै छिट्टै उक्त प्लान्टबाट अक्सिजन सिलिण्डरमा भर्ने व्यवस्था हुने बताउनुभयो । 

चिकित्सालयले यही पुस १ गतेदेखि शनिबारका दिनमा समेत बहिरंग सेवा (ओपिडी) सेवा सञ्चालन गर्न सुरु गरिएको जानकारी दिएको छ । अस्पतालले सामान्य शल्यक्रियासमेत गर्दै आएकोमा अब विशेष प्रकारको शल्यक्रिया सेवासमेत थप गर्दै अघि बढ्ने तयारी गरिरहेको छ ।