१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

पुनःनिर्माणमा राजधानी नै कमजोर

पुनःनिर्माणमा राजधानी नै कमजोर
अ अ+ अ-

काठमाडौं । देशको राजधानी भएको जिल्ला काठमाडौँ भूकम्पपछिको पुनःनिर्माणमा सबैभन्दा कमजोर अवस्थामा रहेको देखिएको छ । भूकम्प अतिप्रभावित १४ जिल्लामध्ये घना बस्ती भएका कारण राजधानी शहर भएको जिल्ला सबैभन्दा पछि परेको राष्ट्रिय पुनःनिर्माण प्राधिकरण जिल्ला आयोजना कार्यान्वयन एकाइ अनुदान व्यवस्थापन तथा स्थानीय पूर्वाधारका अनुगमन तथा मूल्याङ्कनविज्ञ राजकुमार पौडेलले स्वीकार गर्नुभयो ।

काठमाडौँका ११ नगरपालिकामध्ये पनि सबैभन्दा बढी समस्या मुलुककै पहिलो महानगर काठमाडौँ महानगरपालिकामै रहेको एकाइले जनाएको छ । काठमाडौँमा शुरुमा गरिएको सर्वेक्षणमा ४२ हजार ४९९ भूकम्पपीडित लाभग्राही सूचीमा सूचीकृत भएका थिए । गुनासोबाट छ हजार ६९ पीडित थपिएपछि हाल ४८ हजार ५६८ लाभग्राही पुगेका पौडेलले जानकारी दिनुभयो ।

काठमाडौँमा हालसम्म कूल लाभग्राहीको ८६ प्रतिशत अर्थात् ४१ हजार ७६८ परिवारसँग अनुदान सम्झौता भएको छ । अनुदान सम्झौता गर्ने जति सबैले पहिलो किस्ताको रु ५० हजार बुझिसकेका छन् । पहिलो किस्ताले जग निर्माण गरी दोस्रो किस्ता लिने लाभग्राही भने १७ हजार ९७० मात्र छन् । घर निर्माण सम्पन्न गरी तेस्रो किस्ता लिने लाभग्राही भने १४ हजार ८४ छन् ।

यसैगरी प्रबलीकरण गर्नुपर्ने लाभग्राहीको सङ्ख्या ९०७ भए पनि दुई जनाले मात्र काम शुरु गरेको अभिलेख एकाइमा छ । जिल्लामा गोकर्णेश्वर नगरपालिकामा सबैभन्दा बढी घर पुनःनिर्माण भएका छन् । नगरपालिकामा दुई हजार ९३९ लाभग्राही छन् । त्यसमध्ये ४६ प्रतिशतले पुनःनिर्माण सम्पन्न गरी तीनै किस्ता लिइसकेका छन् ।

सबैभन्दा कम घर पुनःनिर्माण भएको महानगरपालिकामा सात हजार ५६१ छ । यसमध्ये १७ प्रतिशतले मात्र घर निर्माण सम्पन्न गरेका हुन् । पुर्जा नभएका जग्गा, मोही, स्ववासी, सुकुम्वासी, गुठी, सरकारी जग्गा, वन क्षेत्र, सार्वजनिक जग्गा, पर्ती जग्गामा घर बनाएर बसी क्षति भएकाका समस्याका कारण पनि पुनःनिर्माणमा ढिलाइ भएको हो ।

भूकम्प अति प्रभावित सिन्धुपाल्चोक पुनःनिर्माण सबैभन्दा अघि देखिएको छ । सिन्धुपाल्चोकमा ६७ हजार ६०४ घर पुनःनिर्माण सम्पन्न भएका प्राधिकरणले जनाएको छ । सो जिल्लामा ८८ हजार २७३ परिवार लाभग्राही सूचीमा परेका थिए । उपत्यकाका ललितपुर र भक्तपुर पनि अरु ११ जिल्लाको तुलनामा पुनःनिर्माणमा पछि छन् ।