६ असार २०८३, शनिबार
,
Latest
रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’ ऊर्जामन्त्रीद्वारा मस्र्याङ्दी विद्युत्गृह निरीक्षण रास्वपाको महाधिवेशनका दिन भरतपुरमा ट्रक प्रवेशमा रोक, वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह मधेस सरकारद्वारा ११ महिनामा ३० अर्ब १७ करोड राजस्व सङ्कलन उदयपुरमा विद्यालय बस दुर्घटना एकको मृत्यु आगामी आर्थिक वर्षदेखि रामजानकी अन्तर्राष्ट्रिय रंगशालाको निर्माण कार्य शुरु हुने ललितपुरको ७.९ किलोमिटर चक्रपथमा ‘स्मार्ट स्ट्रिट लाइट’ जडान गरिँदै, ३ महिनाभित्र सम्पन्न गर्ने लक्ष्य
तपाईं के खोज्दै हुनुहुन्छ ?

भूतपूर्व गोरखा सैनिकद्वारा भोक हड्तालको चेतावनी



अ+ अ-

काठमाडौं । बेलायती सरह पेन्सनलगायतका सेवा–सुविधा दिनुपर्ने माग राखेर वर्षौंदेखि संघर्षरत भूतपूर्व ब्रिटिस गोरखा सैनिकले आमरण अनसन बस्ने चेतावनी दिएका छन् । असमान व्यवहार हटाउन बेलायत सरकारलाई गरेको पटक–पटकको आग्रह सुनुवाइ नभएको भन्दै उनीहरूले भोक हडतालमा उत्रिने चेतावनी दिएका हुन् ।

उनीहरूले बेलायती सरकारलाई माग पूरा गर्न आउँदो २४ अक्टुबरसम्मको समयसीमा दिएका छन् । त्यतिबेलासम्म पनि बेलायत सरकारले मागबारे सुनुवाइ नगरे भोकहड्तालमा उत्रिने उनीहरूको चेतावनी छ । बेलायती सरकारविरुद्ध संघर्ष गर्दै आइरहेको गोर्खा सत्याग्रह संघर्ष समितिका अध्यक्ष ज्ञानराज राईले आफूहरूको चाहना संघर्ष नभएर वार्ता भएको बताएका छन् ।

साउथ चाइना मर्निङ पोस्टसँग कुरा गर्दै उनले आफूहरूले नेपाल र बेलायती सरकारले वार्तामार्फत समाधान खोजोस् भन्ने चाहेको बताए । ‘नेपाल र बेलायतका दुवै सरकार हाम्रा मागबारे छलफल गरेर निष्कर्षमा पुगुन् भन्ने हाम्रो चाहना छ’, राईले बेलायत सरकारलाई चुनौती दिँदै चीनको साउथ मर्निङ पोस्टसँग भनेका छन् ।

संवादमार्फत समाधान गर्न दुई सरकारले उदासीनता देखाए सास रहेसम्म हडताल गर्ने चेतावनी उनले दिए ।