१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

‘कश्मीरमा इमरान खानले गल्ती गरे’: भुट्टो

‘कश्मीरमा इमरान खानले गल्ती गरे’: भुट्टो
अ अ+ अ-

काठमाडौं । पाकिस्तानकी पूर्वप्रधानमन्त्री बेनजीर भुट्टोकी छोरी आसीफा अली भुट्टोले कश्मीर मामिलामा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले गल्ती गरेको टिप्पणी गरेकी छन्।

बीबीसी उर्दूसँगको कुराकानीमा प्रधानमन्त्री खानले त्यस विषयमा संसद्‍मा ढिलो सम्बोधन गर्नु एउटा असफलता भएको उनको भनाइ छ।

उनले भनिन् -‘पाकिस्तानी विदेशमन्त्री पाकिस्तान प्रशासित कश्मीर जानु र विश्व समुदायबाट पाकिस्तानले बढी अपेक्षा राख्न नहुने भनी उनले दिएको अभिव्यक्ति हास्यास्पद थियो।’

भुट्टोले कश्मीर मुद्दामा विश्व समुदायले जे भूमिका निर्वाह गर्नुपर्ने थियो त्यो नगरेको र अहिलेसम्म त्यसको त्यति भर्त्सना पनि नगरिएको बताइन्।उनले भारतीय सेनामाथि मानवअधिकार हनन गरेको आरोप पनि लगाइन्।

उनी भन्छिन् -‘अहिले जम्मू-कश्मीरमा महिलाको इज्जत सुरक्षित छैन। बालबालिकाको हत्या भइरहेको छ, प्रदर्शनकारीहरूमाथि गोली चलाइएको छ।’

यदि कसैले पाकिस्तानको झन्डा लहराउँछ र उसमाथि गोली प्रहार गर्नु भारतीय फौजले आफ्नो हक ठान्छ भने त्यो मानवअधिकारको उल्लङ्घन हो तर त्यसबारे विश्व समुदाय चुपचाप छ।

उनको भनाइ छ- ‘म मेरा बुवाले संसद्‍मा भनेको कुरा दोर्‍याउन चाहन्छुस् हाम्रो सरकार भइदिएको भए उहाँ पहिलो उडानबाट युएई जानुहुने थियो, त्यहाँबाट चीन, रूस र त्यसपछि ईरानको भ्रमणमा जानुहुन्थ्यो। मुस्लिम देशलाई एकजुट गराउनु हुने थियो र आफ्ना सहयोगीलाई आफूहरूसँगै उभिन आग्रह गर्दै अहिले कश्मीरमा देखिएको मानव सङ्कट र फासीवादविरुद्ध आवाज उठाउन आग्रह गर्नुहुने थियो।’

कुराकानीका क्रममा उनले आफ्नो परिवारको योगदारको स्मरण पनि गरिन्।

उनले भनिन्-‘मेरो हजुरबुवाले जनताको अधिकारको निम्ति आवाज उठाउन प्रेरणा दिनुभयो, आमाले त्यही बाटो समात्नु भयो, दाजु पनि हजुरबुवाको लक्ष्य र आमाको सोचलाई साकार पार्न सक्रिय हुनुहुन्छ। बिलावलले पूरै पाकिस्तानको निम्ति बोल्नुहुन्छ र म पनि उहाँसँग मिलेर जनताको आवाज बनिरहन्छु।’