१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

प्रधानमन्त्रीलाई भेट्न महासचिव पौडेल सिंगापुर जाँदै

प्रधानमन्त्रीलाई भेट्न महासचिव  पौडेल सिंगापुर जाँदै
अ अ+ अ-

काठमाडौं । सिंगापुरमा उपचार गराइरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न सत्तारुढ नेकपाका महासचिव विष्णु पौडेल त्यसतर्फ जाँदैछन्। मंगलबार दिउँसो साढे १ बजे आफू सिंगापुर जान लागेको पौडेलले बताए।

प्रधानमन्त्री केपी ओलीको स्वास्थ्यस्थिति सुधारोन्मुख भएको छ। मिर्गौलासम्बन्धी विकारयुक्त एन्टिबडी निष्कासन गर्न प्लाज्मा फेरेसिस उपचार विधि अपनाएपछि उनको स्वास्थ्यमा सुधार भइरहेको उपचारमा संलग्न चिकित्सकले बताएका छन्।

प्रधानमन्त्रीका निजी चिकित्सक डा. दिव्या सिंह शाहका अनुसार एन्टिबडीका कारण शरीरमा क्षति निम्तिन सक्ने भएकाले प्लाज्मा फेरेसिस उपचार विधि अपनाइएको हो। ‘शरीरमा बढेको एन्टिबडी निष्कासन गरिएको हो। यसका साथै शरीरमा अरू एन्टिबडी बन्न नदिने हो। एन्टिबडी बढ्दै गएपछि खराबी हुन सक्छ’, डा. शाहले भनिन्।

एन्टिबडी निकालेर मिर्गौलाको कार्यक्षमतामा सुधार ल्याउन कार्यका लागि प्लाज्मा फेरेसिस उपचार विधि अपनाइन्छ। डा। शाहले भनिन्, ‘एन्टिबडीले मिर्गौलालाई खराब गर्न सक्ने भएकाले निष्कासन गर्न उपचार विधि अपनाइएको हो। ५ भदौमा उपचारका लागि सिंगापुर प्रस्थान गरेका प्रधानमन्त्री ओली दुई सातापछि स्वदेश फर्कंदैछन्।

पहिलोपटक उनी नौ दिन उपचार गराएर साउन २७ गते स्वदेश फर्किएका थिए। ओलीको दुवै मिर्गौला फेल भएपछि ०६४ साल साउनमा भारतको एपोलो अस्पतालमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।