१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

कुकुर र गाई मार्नेलाई कडा कारबाही हुनुपर्छः स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसन

कुकुर र गाई मार्नेलाई कडा कारबाही हुनुपर्छः स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसन
अ अ+ अ-

काठमाडौं । स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसनले खोटाङ दिक्तेलस्थित् दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकामा सामुदायिक कुकुरहरुलाई सामुहिक रुपमा बर्वरतापूर्वक मारिएको र नेपालगञ्जबाट दैलेख लैजाने भनी दैलेख पठाईएका गाईहरुलाई सुर्खेतको कटकुवा जंगलको भीरबाट खसालेर मारिएको घटनाप्रति गम्भिर ध्यानाकर्षण गराएका छन् ।

सोमबार संयुक्त रुपमा पत्रकार सम्मेलन गर्दै स्नेहाज केयर र नेपाल भेटेरीनरी एशोसिएसनले यस्तो ध्यानाकार्षण गराएका हुन् । उनीहरुले संयुक्त रुपमा जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘एउटा सामान्य मानवीय धर्म र पशु कल्याणको आधारभूत मान्यताहरुलाई समेत बेवास्ता गर्दै एउटा जिम्मेवार सरकारी निकायले यतिसम्मको गैरजिम्मेवार निर्णय गर्नुले पशु कल्याणप्रतिको राज्यको दृष्टिकोण प्रस्ट पारेको छ ।

हामी यी दुबै घट्नाको घोरभत्र्सना गर्दै दोषीउपर कानून बमोजिम हदैसम्मको कारबाहीको माग गर्दछौँ ।’ कार्यक्रममा पशु सेवा विभागका महानिर्देशक डा. वंशी शर्माले आफूहरु अहिले ऐन, नियम र कानून निर्माणको चरणमा रहेकोले पशु कल्याणको लागि अब सकारात्मक पहलकदमी लिईने विश्वास दिलाए । पछिल्लो समय पशुमाथि भएको यस्तो निर्दयी र निर्मम घट्नाप्रति पनि उनले दुःख व्यक्त गरे ।

उनले भने,‘यो घट्नामा संलग्न दोषीमाथि सरकारले कारबाही गर्नुपर्छ । हामी आफ्नो तर्फबाट दोषीलाई कारबाही गराउनको लागि आवश्यक सहयोग गर्ने विश्वास दिलाउँछौं ।’ त्यस्तै, कार्यक्रममा स्नेहाज केयरकी अध्यक्ष स्नेहा श्रेष्ठले खोटाङ र सुर्खेतमा भएका बेग्ला–बेग्लै घट्नाप्रति दुःख व्यक्त गर्दै दोषीलाई कडाभन्दा कडा कारबाही गर्न माग गरिन् ।

उनले नेपाल विश्व पशु स्वास्थ्य संगठनको सदस्य राष्ट्राको रुपमा रहिरहँदा विश्व समुदायसँग गरेका प्रतिवद्धता तथा हस्ताक्षर गरिएका सम्झौताहरुको विपरित हुनेगरि यस्ता किसिमका गैरजिम्मेवार क्रियाकलापहरु हुनुले राज्य संयन्त्रहरुको आपसी तालमेल कतिसम्म धरासयी छ भन्ने प्रष्ट देखिएको सुनाईन् ।

श्रेष्ठले अघि भनेकी छिन्,‘पशु कल्याण सम्बन्धमा अन्तर्राट्रियस्तरमा भएका सन्धि तथा प्रतिबद्धताको धज्जी उडाउने यस्ता पाशविक क्रियाकलापका विरुद्ध आवश्यक पहलकदमी लिन नसक्ने नियमनकारी निकायको निरीहताले सरकारी प्रतिवद्धताहरु खाली ढोँग र लाज ढाँक्नका लागि जबरजस्ती रुपमा गरिएका थिए की ? भन्ने प्रतित भएको छ ।’

कार्यक्रममा कृषि तथा पशुपन्छी विकास मन्त्रालयका पूर्व सचिव डा. कृष्णचन्द्र पौडेलले अहिले देखिएको समस्या प्रतिनिधि समस्या मात्रै भएकोले यसको दिर्घकालिन समाधानको लागि सरोकारवाला निकायबाट जिम्मेवारपूर्ण पहल हुनुपर्नेमा जोड दिए । त्यस्तै, अधिवक्ता पदमबहादुर श्रेष्ठले नेपालमा पशु कल्याण सम्बन्धमा रहेका कानूनी व्यवस्था र प्रावधानहरु परिपालन हुनुपर्ने बताए ।

उनले तत्काल पशु कल्याण ऐन जारी गरी पशुहरुप्रति हुने क्रुरतालाई रोक्न सकिने सुझाए । अर्का वक्ता नारायण प्रसाद घिमिरेले खोटाङ र सुर्खेतमा भएको घट्नाप्रति भत्र्सना गर्दै सरकारले दोषीमाथि कारवाही गर्नुपर्ने माग गरे । उनले जिवित गाईवस्तुहरुको संरक्षणको लागि लाग्नुपर्नेमा जोड दिए । कैलालीको घोडाघोडीमा भएको गौहत्यालाई स्मरण गर्दै अहिलेपनि त्यस्तै पाश्विक घट्ना घटाईएकोमा दुःखेसो पोखे ।

छाडा पशु चौपायाको संरक्षण र व्यवस्थापनको लागि तीन तहका सरकारबीच समन्वय नभएको र बरु उल्टै एक अर्काको मुख ताक्ने काम भएको उनको गुनासो छ । नेपालको संविधानमै गाईहत्या गर्न नपाईने कडा व्यवस्था भएकोले कानूनको पूर्ण पालना गर्नुपर्नेमा उनको जोड छ । सामुदायिक कुकुर तथा छाडा पशु चौपायाहरुको उचित व्यवस्थापन गर्नु राज्यको दायित्व भएको बताउँदै उनीहरुले आधुनिक विश्व विज्ञान प्रविधिद्धारा यति आधुनिक भईसक्दा पनि साना तिना समस्याहरुको सृजनात्मक, दिर्घकालिन तथा मानवीय समाधान खोज्नुको साटो यस्ता किसिमका अव्यवहारिक र लज्जास्पद निर्णय गर्ने जिम्मेवार निकायहरुले लिनुले सभ्यता विकासको दौडमा आफूहरु निकै पछाडी रहेछौँ भन्ने अनुभूति हुन थालेको प्रतिक्रिया दिएका छन् ।

गुणस्तरिय र वैज्ञानिक भेटेरिनरी विधि तथा प्रविधिको प्रयोगद्धारा छाडा पशु चौपायाहरु तथा सामुदायिक कुकुरहरुको मानवीय र दिर्घकालिन समाधान गर्न सकिने उनीहरुको दाबी छ । छाडा पशु चौपायाहरु त्था सामूदायिक कुकुरहरुको मानवीय र दिर्घकालिन समाधान गर्न राज्य उदासिन रहेको स्नेहाज केयरकी अध्यक्ष श्रेष्ठको गुनासो छ ।

उनले अघि भनेकी छिन्,‘समस्याको व्यवस्थापनका लागी समयमा नै उपयूक्त कार्ययोजना बनाई कार्यान्वयन गर्नुको साटो समस्या बिकराल बनिसक्दा पनि मुकदर्शक बनेर बस्ने अनि जनताको माग सम्बोधन गर्न नसकी अमानवीय र अव्यवहारिक निर्णय गर्ने नियमनकारी निकायप्रति दया लागेर आउँछ ।’

जारी विज्ञप्ती अनुसार एक्काइसौँ शताब्दीमा पनि ढुङ्गे युगको मानसिकता बोकेर हिँडिरहेका नीति निर्माताहरु तथा जिम्मेवार व्यक्तिहरुको प्रशंसाका लागि हामीसँग कुनै शब्द छैन् । उनीहरुले यी यावत समस्याहरु उनीहरुकै कारण त श्रृजना भएको हैन ? भन्ने प्रश्न आम जनमानसमा पैदा भईरहेको छ ।