२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुकुर मारेको भन्दै तीन जनाविरुद्ध उजुरी



अ+ अ-

खोटाङ । कुकुर मारेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालसहित तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा मंगलबार उजुरी परेको छ ।

नगरप्रमुख रिजालको निर्देशनमा मुलुकी अपराध संहिता विपरित कुकुर मारेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ४५ वर्षीय खेमराज आचार्य र भोजपुर घर भइ हाल नगरप्रमुख रिजालको घरमा बस्ने करिब ४४ वर्षीय श्रेष्ठ थर मात्र उल्लेख गरेर तीन जनाविरुद्ध प्रहरीमा उजुरी परेको हो ।

जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी खुट्टाका बाजिन्द्र विष्ट, स्नेहाज केयर ललितपुर, भैसेपाटीकातर्फबाट पशु प्राविधिक सुमनकुमार श्रेष्ठ र नेपाल भेटेरीनरी एशोसियसनकातर्फबाट पशु चिकित्सक सिताराम यादवले उजुरी दिएका हुन् । उनीहरुले डिएसपी वामदेव गौतम नभएपछि निमित्त प्रमुख प्रहरी निरीक्षक आमोदकुमार खेरवारलाई उजुरी बुझाएका हुन् ।

उजुरीमा ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालको निर्देशनमा आचार्य र श्रेष्ठले दिक्तेलको त्रिवेणीचौक र भानुचौकमा गत भदौ १४ गते घरपालुवा, बटुवा तथा सामुदायिक कुकुरहरुको मुख र टाउकोमा चिपर्टले कुट्ने, डोरीमा झुन्डाउने, बिष समेत प्रयोग गरी सार्वजनिक स्थलमा निर्मम तरिकाले मार्न लगाइएको र कुटपिट गरी अचेत अवस्थामा जिउँदै करिब दुई सय कुकुर खाडलमा पुरेको’ भन्दै कारबाही हुनुपर्ने उल्लेख गरिएको छ ।