१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

कुकुर मारेको भन्दै तीन जनाविरुद्ध उजुरी



अ+ अ-

खोटाङ । कुकुर मारेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालसहित तीन जनाविरुद्ध जिल्ला प्रहरी कार्यालय खोटाङमा मंगलबार उजुरी परेको छ ।

नगरप्रमुख रिजालको निर्देशनमा मुलुकी अपराध संहिता विपरित कुकुर मारेको भन्दै दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१ का ४५ वर्षीय खेमराज आचार्य र भोजपुर घर भइ हाल नगरप्रमुख रिजालको घरमा बस्ने करिब ४४ वर्षीय श्रेष्ठ थर मात्र उल्लेख गरेर तीन जनाविरुद्ध प्रहरीमा उजुरी परेको हो ।

जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानी खुट्टाका बाजिन्द्र विष्ट, स्नेहाज केयर ललितपुर, भैसेपाटीकातर्फबाट पशु प्राविधिक सुमनकुमार श्रेष्ठ र नेपाल भेटेरीनरी एशोसियसनकातर्फबाट पशु चिकित्सक सिताराम यादवले उजुरी दिएका हुन् । उनीहरुले डिएसपी वामदेव गौतम नभएपछि निमित्त प्रमुख प्रहरी निरीक्षक आमोदकुमार खेरवारलाई उजुरी बुझाएका हुन् ।

उजुरीमा ‘दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दीपनारायण रिजालको निर्देशनमा आचार्य र श्रेष्ठले दिक्तेलको त्रिवेणीचौक र भानुचौकमा गत भदौ १४ गते घरपालुवा, बटुवा तथा सामुदायिक कुकुरहरुको मुख र टाउकोमा चिपर्टले कुट्ने, डोरीमा झुन्डाउने, बिष समेत प्रयोग गरी सार्वजनिक स्थलमा निर्मम तरिकाले मार्न लगाइएको र कुटपिट गरी अचेत अवस्थामा जिउँदै करिब दुई सय कुकुर खाडलमा पुरेको’ भन्दै कारबाही हुनुपर्ने उल्लेख गरिएको छ ।