१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

गृह मन्त्रालयले १९ सय बढी पदमा आवेदन खुलायो



अ+ अ-

काठमाडौं । राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागले ७५३ वटै स्थानीय तहमा एमआईएस अपरेटर र फिल्ड सहायकमा आवेदन आह्वान गरेको छ।

गृह मन्त्रालयअन्तर्गतको विभागले एमआईएस अपरेटर (राजपत्र अनंकित प्रथम श्रेणीसरह) र फिल्ड सहायक (राजपत्र अनंकित द्वितीय श्रेणीसरह) को करारमा पदपूर्तिका लागि अनलाइन दरखास्त आह्वान गरेको हो।

एमआईएस अपरेटरमा ९९४ पदका लागि आवेदन आह्वान भएको छ। कम्प्युटर विषय लिई प्लस टु उत्तीर्ण गरेको वा प्रवीणता प्रमाणपत्र तह उत्तीर्ण गरी ६ महिना कम्प्युटर तालिम लिएको व्यक्तिले यसमा आवेदन दिन सक्नेछ।

९९५ जना फिल्ड सहायकका लागि एसएलसी उत्तीर्ण गरेको हुनुपर्नेछ। हेर्नुस् विभागको सूचनाः