१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अमेरिकाको टेक्सासमा गोली चलाउने ३६ वर्षीय पुरुष



अ+ अ-

काठमाडौं । शनिबार सात जनाको मृत्यु हुनेगरी गरिएको आक्रमणमा गोली चलाउने व्यक्ति ओडिसा शहरका ३६ बर्षीय सेथ आरोन अटोर भएको संयुक्त राज्य अमेरिकाको टेक्सास राज्यअन्तर्गत ओडेसा प्रहरी विभागले बताएको छ ।

सोमबार दिइएको जानकारी अनुसार आक्रमण के उद्देश्यबाट प्रेरित थियो भन्नेबारे अनुसन्धान जारी रहेकोले थप विवरणपछि सार्वजनिक गरिने प्रहरीले बताएको छ । आक्रमणमा परी पाँच जनाको मृत्यु भएको थियो भने अरु २१ जना घाइते भएका थिए ।

दिउँसो एक बन्दुकधारीले हुलाक सेवाको ट्रक अपहरण गरी जथाभावी गोली चलाउँदै हिँडेको अमेरिकी प्रहरीले यस पहिले नै बताएको थियो । प्रहरीले गरेको जवाफी कारबाहीमा घटनामा श्वेतवर्णका बन्दुकधारीको मृत्यु भएको थियो । तर बन्दुकधारीको नाम भने प्रहरीले खुलाएको थिएन ।

उक्त व्यक्तिले टेक्सासको सार्वजनिक सुरक्षा विभागनजिकै सुरक्षाकर्मीहरुले एउटा होण्डा कार रोक्न खोज्दा प्रहरीमाथि गोली चलाएर भागेको र पछि ती व्यक्तिले हुलाक सेवाको ट्रक अपहरण गरेर बाटोमा मानिसलाई गोली चलाउँदै हिँडेको ओडिसाका प्रहरी प्रमुख मिचेल गर्कले पत्रकार सम्मेलनमा बताएका थिए ।

आक्रमणकारीले जथाभावी गोली प्रहार गरेको प्रत्यक्षदर्शीले पनि बताएका छन् । “घटनापछि धेरै पीडित भएका छन्,” गर्कले भने । घटनामा परी घाइते भएकामध्ये तीन जना सुरक्षाकर्मी रहेका बताइएको थियो । सिन्ह्वा