१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

माओवादी केन्द्रको प्रदेश २ अधिवेशनको बन्दसत्र स्थगित

माओवादी केन्द्रको प्रदेश २ अधिवेशनको बन्दसत्र स्थगित
अ अ+ अ-

जनकपुर । प्रतिनिधि छनोटमा विवाद भएपछि नेकपा (माओवादी केन्द्र) प्रदेश नं २ को अधिवेशनको बन्दसत्र स्थगन भएको छ ।
     
सर्लाहीको लालबन्दीमा आज हुने भनिएको अधिवेशनको बन्दसत्र आइतबार बिहान ११ बजेसम्मका लागि स्थगन गरिएको हो । अधिकांश जिल्लाबाट निर्धारित सङ्ख्याभन्दा बढी प्रतिनिधि आएपछि विवाद बढ्ेकाले बन्दसत्र स्थगन गरिएको माओवादी केन्द्र प्रदेशका अध्यक्ष प्रल्हाद बुढाथोकीले जानकारी दिनुभयो ।

“विभिन्न जिल्लाबाट तोकिएभन्दा बढी प्रतिनिधि आएर समस्या भएको छ”, अध्यक्ष बुढाथोकीले भन्नुभयो, “छलफलबाट प्रतिनिधि छनोटसम्बन्धी विवाद समाधानका लागि प्रयास गरिने र विवाद समाधान गरी आइतबार ११ बजेबाट बन्दसत्र हुन्छ ।” पार्टीका केन्द्रीय तथा जिल्ला तहका नेताबीचमा समस्या समाधानका लागि छलफल भइरहेकाले निकास निष्किने उहाँको भनाइ छ । 

खासगरी सप्तरीमा पार्टीभित्र तीव्र विवाद बढ्दै जाँदा अधिकांश पालिकामा सामानान्तर समिति बनेका छन् । त्यसैले कुन पक्षलाई आधिकारिक बनाउने भन्ने विवादले प्रदेश अधिवेशनको बन्दसत्र प्रभावित भएको सहभागी नेताले बताएका छन् ।  

प्रदेश अधिवेशनबाट २४१ सदस्यीय प्रदेश समिति बनाउने गृहकार्य भएको छ । प्रत्येक पालिकाबाट एक जना प्रदेश समितिमा प्रतिनिधिमूलक रहने र प्रदेश तथा सङ्घीय निर्वाचन क्षेत्रलाई आधार बनाएर विगतको निर्वाचनबाट पार्टीलाई प्राप्त भएको मतानुसार प्रदेश समिति चयन गर्ने मापदण्ड बनाइएको छ ।