१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

डुङ्गामा आगलागी हुँदा २५ जनाको मृत्यु



अ+ अ-

लस एन्जेलस । दक्षिण क्यालिफोर्नियाको सान्टा क्रुज द्वीपमा सोमबार मध्यरात डुङ्गामा एक्कासी आगलागी हुँदा २५ जनाको मृत्यु भएको छ । यस दुर्घटनामा अन्य नौ व्यक्ति बेपत्ता भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

क्यालिफोर्नियाको तटीय क्षेत्रमा उक्त दुर्घटना भएको हो । सो दुर्घटनाबाट पाँच जनालाई भने जीवितै उद्धार गरिएको छ । बेपत्ता व्यक्तिहरुको खोजी तथा उद्धार कार्य जारी रहेको प्रहरीले जानकारी दिएको छ ।

स्थानीय समयानुसार सोमबार बिहान ३ः१५ बजे सो दुर्घटना भएको तटीय गार्डका क्याप्टेन मोनिका रोचेस्टरले बताएका छन् । सो डुङ्गामा ३९ व्यक्ति सवार रहेका पनि मोनिकाले बताएका छन् ।