१२ आश्विन २०८१, शनिबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकार समर्थक एघार नागरिक सेनाका सदस्य मारिए



अ+ अ-

तालुकान । अफगानिस्तानको उत्तर भागमा पर्ने प्रान्त तखारमा मङ्गलबार बिहान सबेरै तालिबान लडाकू समूहले सरकार समर्थक नागरिक सेनामाथि गरेको आक्रमणमा परी एघार जना नागरिक सेना मारिएका प्रान्तीय प्रहरी प्रवक्ताले बताएका छन् ।

याङ्गी काला जिल्लाको करीम्बावाइ इलामा रहेको जाँच चौकी तालिबान लडाकू गरेको आक्रमणपछि भएको झडपमा परी ती नागरिक सेनाका सदस्यहरु मारिएका प्रवक्ता खालिल असिरले सिन्ह्वा समाचार समितिलाई बताएका छन् ।

यस झडपको क्रममा भएको दोहोरो गोली हानाहानमा परी कैयौ लडाकू मारिनुको साथै घाइते भएका बताइएको छ । तर मारिएका वा घाइते भएका लडाकू यकिन सङ्ख्या भने पुष्टि नभएको सरकारी स्रोतले जनाएको छ ।