२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

लिबियाली जलक्षेत्रबाट आप्रवासीको उद्धार



अ+ अ-

त्रिपोली । लिबियाली जलसैनिकले सोमबार मुलुकको पश्चिमी तटीय जलक्षेत्रबाट १०० भन्दा बढी अवैध आप्रवासीलाई उद्धार गरेको छ । जलसैनिकका प्रवक्ता अयुब क्वासमका अनुसार जलसैनिकले सब्राथा जलक्षेत्रबाट करिब २७ किलोमिटर टाढा रबरको डुङ्गामा सबार १०८ जना आप्रवासीलाई उद्धार गरेको थियो ।

उद्धार गरिएकाहरुमा अरब र अफ्रिकी मुलुकका नागरिक रहेका छन् जसमा १३ जना महिला र आठ जना बालबालिका रहेका छन् । प्रवक्ता क्वासमले उद्धार गरिएका आप्रवासीको सामान्य स्वास्थ्य परीक्षण पश्चात् अध्यागमन कार्यालयमा बुझाइएको जानकारी दिए । युरोप प्रवेश गर्न चाहने आप्रवासीले भूमध्यसागर पार गर्न लिबियाको बाटो रोज्ने गरेका छन् ।

निकै जोखिमपूर्ण यस जलक्षेत्रमा परेर बर्सेनि ठूलो संख्यामा आप्रवासीको मृत्यु समेत हुने गरेको छ । राष्ट्रसंघीय शरणार्थी सम्बन्धी उच्चायोगको कार्यालयले गत साता लिबियाको पश्चिमी तटीय क्षेत्रमा ४० जना सबार एउटा डुङ्गा दुर्घटना भएको र त्यसमा सबार सबै बेपत्ता भएको जनाएको छ ।