६ असार २०८३, शनिबार
,
Latest
जनताका पक्षमा लड्ने शक्तिलाई मात्रै जनमत प्राप्त हुन्छः वर्षमान पुन एमालेसँग एकताको कुनै सम्भावना छैनः पूर्वप्रधानमन्त्री नेपाल संविधान र गणतन्त्रका उपलब्धिको रक्षा गर्न प्रतिवद्ध छौँः रवि लामिछाने आइएमईको सांगीतिक एम्बेसेडरमा गायक प्रकाश सपुत नियुक्त रास्वपा महाधिवेशनका कारण मालवाहक सवारीलाई वैकल्पिक मार्ग प्रयोग गर्न महासंघको आग्रह राप्रपाको केन्द्रीय महाधिवेशन मंसिर २६- २८ गते काठमाण्डौंमा हुने रास्वपा बर्तमान केन्द्रीय समितिको अन्तिम बैठक सुरु होल्डिङ सेन्टरमा सुकुम्वासीको सकस, सरकारसँग छैन उचित व्यवस्थापनको योजना सिटिइभिटीको उपाध्यक्षका लागि २५ जना उम्मेदवार ‘कृषि क्षेत्रको उन्नयनका निम्ति हरसम्भव प्रयत्न गरिरहेका छौँ’
तपाईं के खोज्दै हुनुहुन्छ ?

डोरियन आँधीबाट बहमासमा पाँचको मृत्यु



अ+ अ-

पोर्टसेन्ट लुसी । संयुक्तराज्य अमेरिकाको बहमास द्वीपलाई केन्द्रविन्दुमा पारेर आएको डोरियन नामको आँधीका कारण पाँच जनाको मृत्यु भएको छ । समुद्रको छाल र भिषण वर्षाका कारण बहमासको जनजीवन अस्तव्यस्त भएको छ । बहमासका प्रधानमन्त्री हुबर्ट मिन्निसले सोमबार बहमास द्वीपका जनताका लागि यो आँधी “इतिहासकै दुःखान्त” को संज्ञा दिनुभयो ।

द्वीपबाट उद्धार गरिएका हजारौं व्यक्ति अमेरिकी पूर्वी तटीय इलाकामा आइपुगेका छन् ।बहमासमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री मिन्निसले भने– रोयल बहमास प्रहरीले अबाकोबाट पाँच जनाको शव बरामद गरेको छ । मौसमविदहरुले डोरियन आँधीलाई आइतबार पाँचौं श्रेणी (क्याटेगोरी फाइभ) मा राखेका थिए । राष्ट्रिय आँधीसम्बन्धी केन्द्र (एनएचसी) का अनुसार मंगलबारका लागि यो आँधी केही मत्थर भएर तेस्रो श्रेणीमा पुग्नेछ ।

अमेरिकी प्रक्षेपणकर्ताहरुका अनुसार आँधीले बहमासमा मंगलबार पनि क्षति गर्न सक्नेछ । ग्रान्ड बहमाकी निवासी एक महिला केन्ड्रा विलियम्सले एएफपीलाई भने – यहाँ जताततै पानी छ । हामी घरको छानामा बसेका छौं । कसैले हामीलाई उद्धार गर्न सक्ला रु कृपया सहयोग गर्नु न है । म, मेरा छ जना नातिनातिना र मेरो छोरा सबै छतमा छौं ।

अमेरिकाको फ्लोरिडामा पनि डोरियन आँधीको प्रभाव देखिँदैछ । यहाँ भारी वर्षा र तिब्र वेगको हावा चल्ने प्रक्षेपण गरिएको छ । मायामीस्थित एनएचसीका अनुसार मंगलबार यहाँ टोर्नाडो (भिषण आँधी) को सम्भावना पनि छ । फ्लोरिडामा १२१ वटा अस्थायी शिविरमा नौ हजार ५०० भन्दा बढी मानिसले शरण लिएका छन् । दुई बालबच्चा र आमासहित शिविरमा आइपुगेकी ३० वर्षीया स्टेफानी पासिक्सले भने– म यहाँ हिजो आइपुगें ।

आपतकालीन स्थितिको घोषणा गरेका कारण हामी यहाँ आइपुगेका हौं । “मेरो बुबा घरमा बिरालोको हेरचाहमै हुनुहुन्छ, तर हामी भाग्यौं । उहाँ त कहिले पनि घर छाड्नु हुन्न । उहाँलाई शिविरमा बस्न मन लाग्दैन,” पासिक्सले भने । मौसम पूर्वानुमान विभागका अनुसार यो आँधीले अमेरिकी पूर्वी तटीय राज्यहरु फ्लोरिडा सहित जर्जिया र दक्षिण क्यारोलिना राज्यमा प्रभाव पार्नेछ ।

यी राज्यका आँधी प्रभावित इलाकाका मानिसका लागि अस्थायी शिविरको व्यवस्था गरिएको छ । एक अनुमान अनुसार आँधीबाट झण्डै १० लाख मानिस प्रभावित हुनेछन् । उत्तर क्यारोलिना र भर्जिनिया राज्यले पनि आपतकालीन स्थितिको घोषणा गरेका छन् ।