२४ भाद्र २०८३, बुधबार
,
Latest
युलेन्सद्वारा प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा २० लाख रुपैयाँ हस्तान्तरण पाकिस्तानको सिन्धमा सडक दुर्घटनाः छ जनाको मृत्यु, १८ घाइते रसुवाका बाढीपीडितलाई पत्रकार सोनुकुमार दासको राहत सहयोग जापानको प्रमुख विपक्षी दल आठ महिनामै विघटन ऊर्जामन्त्री श्रेष्ठ र युएनओपीएसका क्षेत्रीय निर्देशकबीच भेटवार्ता मन्त्री चौधरी र सचिव डा मिश्रबीच कार्यसम्पादन करार सम्झौता परिवारका ६ जना बाढीमा हराएको पीडामा सावित्री : अब जीवन कहाँबाट सुरु गर्ने ? चीनतर्फ अलपत्र ६७० नेपालीको तातोपानी नाकाबाट सकुशल उद्धार भोटेकोशी बाढीमा ललितपुरका १५७ जना बेपत्ता राहदानी आवेदनका लागि तोकिएको समयमा उपस्थित हुन विभागको आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

जेनजी युवाका अधिकार र माग पूरा गर्न सरकार प्रतिबद्ध छः गृहमन्त्री गुरुङ



अ+ अ-

काठमाडौँ। गृहमन्त्री सुधन गुरुङले जेनजी युवाले उठाएका माग र उनीहरूका अधिकार सुनिश्चित गर्न सरकार प्रतिबद्ध रहेको बताउनुभएको छ ।

गत वर्ष भदौ २३ गते जेनजी युवाको आन्दोलनका क्रममा ज्यान गुमाएका सहिदको स्मृतिमा आज बानेश्वरस्थित वीरेन्द्र अन्तरराष्ट्रिय सम्मेलन केन्द्रमा आयोजित दीप प्रज्वलन कार्यक्रममा उहाँले जेनजी युवाको योगदान र बलिदानीलाई सरकारले उच्च सम्मानका साथ ग्रहण गरेको बताउनुभयो ।

गृहमन्त्री गुरुङले जेनजी युवाको बलिदानीका कारण देशमा आमूल परिवर्तनको आधार तयार भएको उल्लेख गर्दै उनीहरूले उठाएका माग सम्बोधन गर्न सरकार गम्भीरतापूर्वक अघि बढिरहेको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, “जेनजी युवाहरूको बलिदानीले देशमा आमूल परिवर्तन भएको छ । हामी अहिले अधिकार दिने ठाउँमा छौँ । जेनजीका माग सम्बोधन गर्दै अधिकार पूरा गर्नेछौँ ।”

वर्तमान सरकार जेनजी युवाको आन्दोलनकै कारण निर्माण भएको उल्लेख गर्दै गृहमन्त्री गुरुङले उनीहरूका माग र अधिकार सुनिश्चित गर्न कुनै कसर बाँकी नराखिने बताउनुभयो । उहाँले जेनजी पुस्ताले उठाएका विषयलाई राज्यले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्नेमा जोड दिनुभयो ।

गृहमन्त्री गुरुङले केही पुराना दल तथा नेताहरूले अझै पनि जेनजी आन्दोलनलाई अपमान गरिरहेका भन्दै त्यसप्रति असन्तुष्टि व्यक्त गर्नुभयो । जेनजी आन्दोलनलाई अपमान गर्नु आमनेपाली नागरिकको भावनालाई अपमान गर्नु जस्तै हो उहाँले भन्नुभयो ।

गृहमन्त्री गुरुङले गत भदौ २३ गतेको आन्दोलनमा ज्यान गुमाएका सहिदप्रति श्रद्धाञ्जली अर्पण गर्दै दीप प्रज्वलन गर्नुभएको थियो । कार्यक्रममा सहभागीहरूले समेत सहिदको सम्झनामा दीप प्रज्वलन गरी उनीहरूको योगदानप्रति सम्मान व्यक्त गरेका थिए । रासस