४ पुष २०८२, शुक्रबार
,
Latest
रास्वपा सभापति रवि लामिछाने रिहा निर्वाचन सुनश्चित भइसकेकोछ, अब शङ्का नगर्नुस्: मन्त्री खरेल नेपाली महिला फुटबलमा उपाधि खडेरी तोड्ने एपिएफको लक्ष्य चौध दिनदेखि बेपत्ता राईको खोजीका लागि परिवारको आग्रह सभापति लामिछाने पार्टी जिम्मेवारीमा फर्कँदैः रास्वपा राष्ट्रपतिद्वारा प्रतिनिधिसभा सदस्य निर्वाचन (पहिलो संशोधन) अध्यादेश २०८२ जारी १५ औं महाधिवेशनमा सहमहामन्त्री माग्छु, नदिए महामन्त्रीमा लड्छुः काँग्रेस नेता शर्मा कुलमानले निर्माण व्यवसायीको मान मर्दन गरे, अन्तरिम सरकार पनि विगतको भन्दा फरक पाएनौँः अध्यक्ष सिंह एमाले केन्द्रिय कमिटी बैठक पुस २६, २७ र २८ गते बोलाइयो जेनजी आन्दोलनको रिपोर्टिङका क्रममा घाइते पत्रकारहरुको उपचार खर्च सरकारले व्यहोर्ने सञ्चारमन्त्रीको घोषणा
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक खेलअघि नै न्युजिल्यान्डलाई टी-२० सिरिज



अ+ अ-

काठमाडौं । न्युजिल्यान्डले श्रीलंकाविरुद्धको टी–२० क्रिकेट सिरिज एक खेल अघि नै जितेको छ ।

पल्लाकेल अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा मंगलबार राति भएको खेलमा घरेलु टोली श्रीलंका न्युजिल्यान्डसँग चार विकेटले पराजित भएको हो ।

१६२ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको न्युजिल्यान्डले १९.४ ओभरमा ६ विकेटको क्षतिमा लक्ष्य भेटायो । न्युजिल्यान्डका लागि दुई खेलाडीले अर्धशतक बनाए । कोलिन डि ग्रान्डहमले ५९ रन बनाउँदा टोम ब्रुसले ५३ रन बनाए । बलिङतर्फ अकिला दनन्जयले तीन विकेट लिए ।

यससअघि टस जितेर पहिले ब्याटिङ गरेको श्रीलंकाले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १६१ रन बनाएको थियो । श्रीलंकाका लागि निरोशान डिकवेल्लाले ३९ र अभिस्का फर्नान्डोले ३७ रन बनाएका थिए ।

यसअघि पहिलो खेलमा पनि श्रीलंकालाई न्युजिल्यान्डले पराजित गरेको थियो ।