२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले बोलाएपछि वामदेव गौतम पनि सिंगापुर प्रस्थान



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष वामदेव गौतम आज सिंगापुर प्रस्थान गरेका छन् । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गौतम दिउँसो १ बजे सिंगापुर प्रस्थान गरेका हुन्

वामदेव निकट स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएपछि सिंगापुर प्रस्थान गरेका हुन् । उनि मंगलबार नै पार्टी महासचिव विष्णु पौडेलसँगै प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर जाने भनिए पनि पछि हल्ला मात्रै भएको भनिएको थियो । त्यसपछि उपचारका लागि गत ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीलाई भेट्न महासचिव पौडेल मात्रै मंगलबार सिंगापुर प्रस्थान गरेका थिए ।

सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका ओलीको बुधबार अन्तिम अर्थात् सातौँ प्लाज्मा फेरिसस गरिँदैछ। अहिलेसम्मको कार्यतालिका अनुसार प्रधानमन्त्री ओली शुक्रबार नेपाल फर्किँदै छन्।