४ पुष २०८२, शुक्रबार
,
Latest
लागुऔषधसहित सिरहाबाट दुई जना पक्राउ डिजिटल प्रविधियुक्त नेपाल बनाउन उत्प्रेरित गर्ने उम्मेदवार चयन गर्नुहोला : मन्त्री खरेल मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीले बोलाएपछि वामदेव गौतम पनि सिंगापुर प्रस्थान



अ+ अ-

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का प्रस्तावित उपाध्यक्ष वामदेव गौतम आज सिंगापुर प्रस्थान गरेका छन् । सिंगापुरमा उपचाररत प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न गौतम दिउँसो १ बजे सिंगापुर प्रस्थान गरेका हुन्

वामदेव निकट स्रोतका अनुसार उनी प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएपछि सिंगापुर प्रस्थान गरेका हुन् । उनि मंगलबार नै पार्टी महासचिव विष्णु पौडेलसँगै प्रधानमन्त्री ओलीलाई भेट्न सिंगापुर जाने भनिए पनि पछि हल्ला मात्रै भएको भनिएको थियो । त्यसपछि उपचारका लागि गत ५ गते सिंगापुर गएका प्रधानमन्त्री ओलीलाई भेट्न महासचिव पौडेल मात्रै मंगलबार सिंगापुर प्रस्थान गरेका थिए ।

सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका ओलीको बुधबार अन्तिम अर्थात् सातौँ प्लाज्मा फेरिसस गरिँदैछ। अहिलेसम्मको कार्यतालिका अनुसार प्रधानमन्त्री ओली शुक्रबार नेपाल फर्किँदै छन्।