६ असार २०८३, शनिबार
,
Latest
लागुऔषधसहित २३ जना पक्राउ जावलाखेलमा रातो मत्स्येन्द्रनाथको भोटो प्रदर्शन रातो मच्छिन्द्रनाथको जात्रामा पुगे प्रधानमन्त्री बालेन स्पेनी प्रधानमन्त्री सान्चेजकी श्रीमतीलाई देश छोड्न प्रतिबन्ध बङ्गलादेशका प्रधानमन्त्री रहमानको पहिलो विदेश भ्रमण, मलेसिया हुँदै चीन जाने कार्यतालिका सार्वजनिक लन्डनमा रेल दुर्घटना, चालकको मृत्यु, ११ जना गम्भिर घाइते समझदारी पत्रमा आधारित थप वार्ताका लागि पहल गर्न पाकिस्तानी गृहमन्त्री तेहरानमा विश्वकपमा आज निर्णायक खेलहरू, जर्मनी र स्विडेनलाई अन्तिम ३२ पुग्ने अवसर बैङ्किङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ दुर्गमका ३६१ घरमा खानेपानीको धारा जडान
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराकमा प्रहरी कारबाहीमा नौ आइएस लडाकू मारिए



अ+ अ-

बग्दाद । इराकको उत्तरी प्रान्त निनेभेहमा मङ्गलबार प्रहरीले गरेको कारबाहीका क्रममा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहका नौ जना लडाकू मारिएका छन् ।

इराकी सेनाले उक्त जानकारी दिएको छ । अमेरिकाआवद्ध अन्तर्राष्ट्रिय संयुृक्त गठबन्धन सेनाको सहयोगमा इराकी सेनाले सो कारबाही गरेको थियो ।

सो कारबाहीको क्रममा प्रान्तीय राजधानी मोसुलबाट दक्षिणपश्चिममा पर्ने सहजी इलाकामा एक सुरुङ्ग ध्वस्त हुनको साथै नौ जना आइएस लडाकू मारिएका इराकी संयुक्त कारबाही कमाण्डका प्रवक्ता याहया रसुउलले विज्ञप्तिमार्फत बताएका छन् ।

सन् २०१७ को अन्त्यमा इराकी सुरक्षा बलले देशभर कट्टरपन्थी आतंकवादलाई पूर्णरुपले हराएपछि इराकको सुरक्षास्थिति नाटकीय रूपमा सुधार भएको छ ।

यद्यपि आइएसका लडाकू समूहले ग्रामीण क्षेत्रहरूमा आफ्नो सुरक्षित आश्रयस्थल बनाएर बसेका छन् र सरकारी संघ संस्था र सर्वसाधारणमाथि आक्रमण गर्दै आएका छन् ।