४ पुष २०८२, शुक्रबार
,
Latest
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

इराकमा प्रहरी कारबाहीमा नौ आइएस लडाकू मारिए



अ+ अ-

बग्दाद । इराकको उत्तरी प्रान्त निनेभेहमा मङ्गलबार प्रहरीले गरेको कारबाहीका क्रममा इस्लामिक स्टेट्स (आइएस) आतङ्ककारी समूहका नौ जना लडाकू मारिएका छन् ।

इराकी सेनाले उक्त जानकारी दिएको छ । अमेरिकाआवद्ध अन्तर्राष्ट्रिय संयुृक्त गठबन्धन सेनाको सहयोगमा इराकी सेनाले सो कारबाही गरेको थियो ।

सो कारबाहीको क्रममा प्रान्तीय राजधानी मोसुलबाट दक्षिणपश्चिममा पर्ने सहजी इलाकामा एक सुरुङ्ग ध्वस्त हुनको साथै नौ जना आइएस लडाकू मारिएका इराकी संयुक्त कारबाही कमाण्डका प्रवक्ता याहया रसुउलले विज्ञप्तिमार्फत बताएका छन् ।

सन् २०१७ को अन्त्यमा इराकी सुरक्षा बलले देशभर कट्टरपन्थी आतंकवादलाई पूर्णरुपले हराएपछि इराकको सुरक्षास्थिति नाटकीय रूपमा सुधार भएको छ ।

यद्यपि आइएसका लडाकू समूहले ग्रामीण क्षेत्रहरूमा आफ्नो सुरक्षित आश्रयस्थल बनाएर बसेका छन् र सरकारी संघ संस्था र सर्वसाधारणमाथि आक्रमण गर्दै आएका छन् ।