१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री आह्वानमा सर्वदलीय बैठक बस्दै, एमाले सहभागी नहुने



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निबास  बालुवाटारबस्ने तय भएको छ । आजको बैठकमा संसद सुचारु नभएको , र एमसीसी परियोजनाा संसदबाट कसरी अनुमोदन गर्ने  संगै  समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिनुभयो ।

बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दल र शीर्ष नेताहरूलाई बोलाइएको छ । तर नेकपा एमालले भने आफ्ना माग सुनुवाई नभएको र सत्तापक्षले छलफल पनि नगरेका कारण बैठकमा सहभागी नजनाउने भएको छ । एमाले स्थायी समिति सदस्य शेरबहादुर  तमाङले भन्नुभयो "एमाले संग सत्तापक्षले छुट्टै छलफल गर्नुपर्छ सर्बदलिय  उहाँहरुको बैठक हो हामी सहभागी हुदैनौ । "