काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको आह्वानमा आज सर्वदलीय बैठक बस्दै छ । बैठक अपराह्न ४ बजे प्रधानमन्त्रीको सरकारी निबास बालुवाटारबस्ने तय भएको छ । आजको बैठकमा संसद सुचारु नभएको , र एमसीसी परियोजनाा संसदबाट कसरी अनुमोदन गर्ने संगै समसामयिक राजनीतिक विषयमा छलफल गर्ने तयारी भएको प्रधानमन्त्रीको सचिवालयका एक सदस्यले जानकारी दिनुभयो ।
बैठकमा संसदमा प्रतिनिधित्व गर्ने सबै दल र शीर्ष नेताहरूलाई बोलाइएको छ । तर नेकपा एमालले भने आफ्ना माग सुनुवाई नभएको र सत्तापक्षले छलफल पनि नगरेका कारण बैठकमा सहभागी नजनाउने भएको छ । एमाले स्थायी समिति सदस्य शेरबहादुर तमाङले भन्नुभयो "एमाले संग सत्तापक्षले छुट्टै छलफल गर्नुपर्छ सर्बदलिय उहाँहरुको बैठक हो हामी सहभागी हुदैनौ । "