४ पुष २०८२, शुक्रबार
,
Latest
मधेशका मुख्यमन्त्री यादवले पाए विश्वासको मत जलसँग जम्काभेट र जूनको उज्यालोमा सूर्योदयको आकांक्षा रविमाथि प्रतिशोध साँधिएको होः उपाध्यक्ष वाग्ले शीतलहरका कारण कृष्णपुरका विद्यालय दुई दिन बन्द रहने संवैधानिक आयोगका वार्षिक प्रतिवेदन सभाको बिजनेस बन्नुपर्छ : उपाध्यक्ष घिमिरे बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ
तपाईं के खोज्दै हुनुहुन्छ ?

दसैंलाई मध्ये नजर गर्दै सरकाले यी १४ ठाउँमा यात्रु हेल्प डेस्क राख्ने



अ+ अ-

काठमाडौं । सरकारले दसैंमा घरजाने यात्रुलाई मध्य नजर गर्दै ;नागरिक सहायता हेल्प डेस्क’ स्थापाना गरेको छ । दशैमा यात्रु नठगिउन् भनेर राजधानीका विभिन्न स्थानमा यात्रु सेवा कक्ष स्थापना हुने भएका छन् ।

असोज १० गतेदेखि १८ गतेसम्म काठमाडौंका स्वयम्भू, नयाँ बसपार्क, माछापोखरी, कलंकी, नागढुंगा, बल्खु, कोटेश्वर, गौशाखा, चाबहिल, सुन्धारा, पुरानो बसपार्क, फर्पिङ, ललितपुरको सातदोबाटो र भक्तपुरको जगातीमा नागरिक सहायता हेल्प डेस्क राखिने छन् । हेल्प डेस्कमा ट्रफिक प्रहरी, यातायातका कर्मचारी, सामुदायिक प्रहरी र उपभोक्ता हितका सम्बन्धमा कार्य गर्ने संस्थाका प्रतिनिधि रहनेछन्।

यातायात व्यवस्था विभागका महानिर्देशक गोगनबहादुर हमालका अनुसार बढी भाडा लिन नदिने, भीडभाड हुन नदिने, ठगी र दुर्व्यवहारका घटनामा सहायता गर्ने लगायतका काम कक्षले गर्नेछ।