४ पुष २०८२, शुक्रबार
,
Latest
बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा समानुपातिकतर्फ पछिल्लो जनगणनाअनुसार समावेशी समूहको प्रतिशत निर्धारण हुने साढे तीन सय हेक्टर बढी जग्गाको धनीपूर्जा हस्तान्तरण ‘टप्स’ समाचार वाचन प्रतियोगिताको उपाधि तेजस्वी र संस्कृत स्कुललाई रिहा पछि रविको प्रतिक्रिया: हिसाब मिलाउनै बाँकी छ चौध खेलाडीलाई छात्रवृत्ति प्रदान स्वास्थ्यमन्त्रीसँग डब्लुएचओका महानिर्देशकको शिष्टाचार भेट ब्रिटिस काउन्सिलद्धारा नेपालमा आइइएलटिएस उपहार २०२५ का विजेताको घोषणा एमालेमा कार्यविभाजनको जिम्मेवारी सचिवालयलाई खानेपानी मन्त्रालयको जिम्मेवारी पनि श्रममन्त्री भण्डारीलाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

केपीलाई हटाउन देउवालाई प्रधानमन्त्री बनाउनुपर्ने अवस्था आयो– प्रचण्ड



अ+ अ-

काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुले आफ्नो पार्टीको नभई अन्य पार्टीका प्रमुखलाई प्रधानमन्त्री बनाउनुपर्ने विचित्रको अवस्था आएको बताउनुभएको छ ।

पार्टीको कर्णाली प्रदेश समितिको प्रशिक्षमा शुक्रबार अध्यक्ष प्रचण्डले ‘केपी प्रवृत्ति’ विरुद्ध लड्न नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनिदिनुस् भन्ने अवस्था आएको बताउनुभयो ।

प्रतिनिधिसभाको प्रत्यक्षतर्फको निर्वाचनमा नेपाली कांग्रेसले भन्दा बढी सिट आफ्नो पार्टीले जितेको भए पनि देउवाकहाँ गएर आफू र माधव नेपालले ‘तपाइँ प्रधानमन्त्री बनिदिनुस, आवश्यक बहुमत सङ्ख्या हामी पुर्याउँछौँ’ भन्नुपर्ने अवस्था आएको बताउनुभयो । केपी प्रवृत्तिविरुद्ध लड्नका लागि आफ्नो पार्टीले त्यस्तो विचित्रको अवस्था गर्नुपरेको उहाँको भनाइ थियो ।