• १७ असार २०८१, सोमबार
  •      Mon Jul 1 2024
  •   Unicode
Logo

दाङमा डुबेर तीन जनाको मृत्यु



बुटवल । दाङमा पानीमा डुबेर तीन जनाको ज्यान गएको छ । शुक्रवार विहान ७ बजेको समयमा जिल्लाको दंगिशरण गाउँपालिका–६ मैरवका ४० वर्षीय कुलबहादुर खड्काको कुवामा डुबेर मृत्यु् भएको हो ।

त्यस्तै सोही गाउँपालिका–४ बैबाङ्गमा बबईखोलाको पुल निर्माण गर्ने मजदुर बर्दियाको गुलरिया–१२ टरुवाका ४० वर्षीय पूर्णबहादुर सुनारको बबईखोला तर्ने क्रममा बगेर मृत्यु भएको हो ।

यता, घोराही उपमहानगरपालिका –११ नयाँवस्तीका ३९ वर्षीय रुद्रबहादु्र गन्धर्वको पनि घर नजिकैको कुलोमा डुबेर मृत्यु भएको दाङका प्रहरी प्रवक्ता विनोद विक्रम शाहले जानकारी दिए ।