१५ भाद्र २०८३, सोमबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

बहराइनले नेपाललाई दियो ८८ रन



अ+ अ-

काठमाडौं । एसिसी प्रिमियर कप क्रिकेट प्रतियोगिता अन्तर्गत आज जारी खेलमा बहराइनले नेपाललाई जितको लागि ८८ रनको सामान्य लक्ष्य दिएको छ ।

मलेसियाको बांगीमा टस हारेर पहिला ब्याटिङको निम्तो पाएको बहराइनले ३६.२ ओभरमा सवै विकेट गुमाउँदै ८७ रनमा समेटियो । बहराइनको लागि फिआज अहमेदले १५ बलमा सर्वाधिक १५ रन बनाए ।

त्यस्तै मुहम्मद वासिमले १३ रन जोडे । त्यसबाहेक अन्य खेलाडीले दोहोरो अङ्कमा रन बनाउन सकेनन् । बहराइनलाई ८७ रनमा समेट्नेक्रममा नेपालका सन्दिप लामिछानेले पाँच विकेट लिए ।

यस्तै ललित नारायण राजवंशीले ३ विकेट लिँदा करण केसीले २ विकेट हात पारे । नेपाल अहिले जवाफी ब्याटिङमा उत्रेको छ ।