काठमाडौं । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घले रसुवाको भोटेकोशीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको उद्धार तथा राहतका लागि निःशुल्क बससेवा सञ्चालनमा ल्याएको छ ।
महासङ्घले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका नागरिकलाई उद्धार गर्न तथा राहत सामग्री ओसारपसारमा सहयोग पुर्याउने उद्देश्यले निःशुल्क बससेवा सुरु गरेको जनाएको छ ।
बाढी प्रभावित क्षेत्रमा उद्धारका लागि सवारीसाधन आवश्यक परेमा वा राहत सामग्री ढुवानी गर्नुपरेमा महासङ्घका प्रतिनिधिहरूसँग सम्पर्क गर्न अनुरोध गरिएको छ ।
महासङ्घले सहयोग आवश्यक पर्ने व्यक्ति तथा संस्थालाई सुवन गिरी (९८५१०८१३८२), श्री श्रेष्ठ (९८५१०९८५३६), दिलबहादुर श्रेष्ठ (९८५१०५०८७९) र नरबहादुर राना (९८४१७७५७५३) लाई सम्पर्क गर्न आग्रह गरेको छ ।
महासङ्घले विपद्का बेला प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि यातायात क्षेत्रबाट आवश्यक सहयोग निरन्तर उपलब्ध गराउने जनाएको छ।









