१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

बिजुलीको मागमा गुणात्मक वृद्धि, आगामी असारसम्म दुई हजार मेगावाट पुग्ने

बिजुलीको मागमा गुणात्मक वृद्धि, आगामी असारसम्म दुई हजार मेगावाट पुग्ने
अ अ+ अ-

काठमाडौँ । प्रभावकारी नीति, व्यावहारिक कार्ययोजनालगायत कारणले आन्तरिक बजारमा विद्युतको माग उल्लेखनीय रुपमा वृद्धि भएको छ । हरेक वर्ष औसतमा २० प्रतिशतका दरले विद्युतको माग बढेको पाइएको छ ।

विद्युत खपत बढाउनका लागि चालिएका कदम र जाडो बढेसँगै विद्युत्को आन्तरिक माग ह्वात्तै बढेको नेपाल विद्युत प्राधिकरणले जनाएको छ । प्राधिकरणले उपलब्ध गराएको  तथ्याङ्कअनुसार, गतवर्षको तुलनामा यस वर्षको विद्युतको उच्च माग (पिक डिमाण्ड) ३०० मेगावाटको हाराहारीमा बढेको छ । आन्तरिक रुपमा उत्पादन भएको विद्युत खपत गर्न नसकी खेर जाने अवस्था आएपछि खपत बढाउन विद्युतीय उपकरणको प्रयोग बढाउने र उद्योगलाई चाहिएजति विद्युत उपलब्ध गराउने नीति लिई सोहीअनुसार काम भइरहेको छ ।

विद्युतीय चुल्हो, एयर कन्डिशनलगायत विद्युतबाट चल्ने घरायसी सामानको प्रयोगमा वृद्धि भएको पाइएको छ । सरकारीस्तरबाट चार्जिङ स्टेशन निर्माणको प्रक्रिया अगाडि नबढेको भए पनि निजी क्षेत्रले आफ्नै पहलमा चार्जिङ स्टेशन निर्माण गरिरहेका छन् । त्यसले विद्युतबाट सञ्चालन हुने यातायातका साधनको वृद्धि भएको छ ।

ठूला उद्योगलाई माग अनुसारको बिजुली उपलब्ध गराइएको छ । उद्योगले पर्याप्त विद्युत पाएका कारण उत्पादन क्षमतामा वृद्धि भएको छ । त्यसबाट दैनिक रुपमा खपत बढिरहेको छ । प्राधिकरणले कात्तिकको अन्तिम सातादेखि नै देशकै ठूलो सिमेन्ट उद्योग होङ्शीलाई ३० मेगावाट विद्युत उपलब्ध गराएको छ । चिनियाँ लगानीको अर्को हुवासिन सिमेन्ट उद्योगले पनि २० मेगावाट बिजुली जोडेको छ ।

विद्युतको माग क्षमता (मेगावाट) र ऊर्जा (युनिट) दुवै बढिरहेको छ । उदाहरणका मङ्सिर २७ गते प्रणालीमा विद्युतको उच्च माग एक हजार ५३९ मेगावाट थियो । गत वर्षको सोही दिनको माग एक हजार २१७ मेगावाटको थियो । गत वर्षको तुलनामा यो ३२२ मेगावाट बढी हो । यस आधारमा विद्युतको पिक डिमाण्ड गत वर्षको सोही दिनको तुलनामा २६.५ प्रतिशतले वृद्धि भएको छ । गत मङ्सिर २७ गतेको प्रणालीको पिक डिमाण्ड पूर्तिका लागि प्राधिकरणका विद्युत् गृहबाट ५४० मेगावाट, प्राधिकरणका सहायक कम्पनीका विद्युतगृहबाट ५२९ मेगावाट, निजी क्षेत्रका विद्युतगृहबाट ४२५ मेगावाट र भारतबाट २५ मेगावाट आयात गरिएको थियो । सोही दिन पिक समयमा पनि ४ मेगावाट विद्युत भारततर्फ निर्यात गरिएको थियो ।

विद्युत बढी खपत हुने काठमाडौं उपत्यकासहित आसपासको क्षेत्रमा विद्युत माग पनि ह्वातै बढेको छ । काठमाडौँ उपत्यकामा विद्युतको अधिकतम माग ९० मेगावाटको हाराहारीमा वृद्धि भएको छ । गतवर्ष २९३ मेगावाट रहेको काठमाडौँ उपत्यकाको पिक डिमाण्ड यस वर्ष ३८२ मेगावाट पुगेको छ । यसले पनि काठमाडौँ उपत्यकामा पनि उल्लेख्य रुपमा बिजुलीको मागमा वृद्धि भएको देखिन्छ । उपत्यकामा विद्युतीय चुल्होको प्रयोगमा वृद्धि भएको पाइएको छ । ऊर्जाका मागका आधारमा मङ्सिर २७ गते विद्युत खपत दुई करोड ७२ लाख युनिट थियो । यो खपत गत वर्षको सोही दिनको दुई करोड ११ लाखको तुलनामा ६१ लाख युनिट बढी हो । ऊर्जाका आधारमा विद्युत खपत गत वर्षको तुलनामा २८.६५ प्रतिशतले बढी हो ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले गत वर्षको तुलनामा यस वर्ष ३० प्रतिशतको हाराहारीमा पिक डिमाण्ड बढ्नु ठूलो उपलब्धि भएको बताउनुभयो । “घरायसी प्रयोजनका लागि इन्डक्सन चुल्हो तथा घरमा एयर कन्डिशनको प्रयोग बढिरहेको छ, विद्युतीय सवारी साधनको प्रयोग बढ्दा चार्जिङ स्टेसन विस्तार भइरहेको छ, औद्योगिक क्षेत्रमा पर्याप्त विद्युत उपलब्ध गराउने प्रयाससँगै लोडको माग बढिरहेको छ”, उहाँले भन्नुभयो । उहाँले विद्युतको माग अहिलेकै रुपमा बृद्धि भयो भने चालू आवको अन्त्यसम्ममा दुई हजार मेगावाटको हाराहारीमा पुग्न सक्ने देखिएको जानकारी दिनुभयो ।

कार्यकारी निर्देशक घिसिङले उपभोक्तालाई भरपर्दो र गुणस्तरीय विद्युत उपलब्ध गराएर देशभित्र उत्पादित विद्युत आन्तरिक रुपमै खपत बढाउने कुरालाई पहिलो प्राथमिकतामा राखी अल्पकालीन र दीर्घकालीन योजनाअन्तर्गत प्रसारण तथा वितरणतर्फका पूर्वाधार विस्तार तथा सुदृढीकरणलाई उच्च प्राथमिकतामा राखी काम अगाडि बढाइएको बताउनुभयो । उहाँ आफैँले मुलुकभित्रका मुख्य औद्योगिक करिडोरको अनुगमन भ्रमण गरी उद्योगीहरुलाई चाहिए जति विद्युत लिन आग्रह गर्दै आउनुभएको छ । प्राधिकरणको अल्पकालीन योजनाअन्तर्गत विद्युत माग गरेका उद्योगलाई प्रसारण तथा वितरण लाइनको सुदृढीकरण तथा क्षमता विस्तार गरी तत्काल विद्युत दिने र  निर्माणाधीन आयोजनाको काम जतिसक्दो छिट्टो सम्पन्न गर्ने रहेको छ ।

दीर्घकालीन योजनाअन्तर्गत विद्युत खपत बढ्न सक्ने सम्भावित ठाउँको पहिचान गरी प्रसारण तथा वितरणतर्फका ठूला क्षमताका लाइन तथा सबस्टेसन निर्माण सुरु गर्ने प्राधिकरणको योजना छ । प्राधिकरणले थप विद्युत आवश्यक पर्ने उद्योगलाई परिमाण खुलाएर तत्काल आवेदन दिन आग्रह गरिरहेको छ । मुख्य रुपमा औद्योगिक करिडोर क्षेत्रको विद्युत प्रसारण तथा वितरण प्रणालीको सञ्जाल सुधारका लागि बृहत सुदृढीकरणको काम अगाडि बढाइएको छ । रासस