१४ भाद्र २०८३, आईतवार
,
Latest
नेपाल–चीन सिमानासम्म नेपाल टेलिकमको मोबाइल सेवा पुनः सञ्चालनमा बाढी प्रभावित बोकेको बस दुर्घटना, ३२ जना घाइते भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग



अ+ अ-

काठमाडौं । हालै नेपालमा आएको प्राकृतिक विपद्का कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गर्दै हिमानी कोषले बाढी प्रभावित समुदायका लागि राहत सामग्री सहयोग गरेको छ।

कोषले २०८३ भदौ ११ गते प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमार्फत बाढी प्रभावित स्थानीयका लागि आवश्यक खाद्यान्न तथा विभिन्न राहत सामग्री हस्तान्तरण गरेको हो।

बाढीबाट प्रभावित समुदायको तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै कोषले यथाशीघ्र राहत वितरणको कार्य अघि बढाएको जनाएको छ।

हिमानी कोषले आगामी दिनमा पनि राहत वितरणलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ। प्रभावित स्थानीयको आवश्यकता पहिचान गरी सम्बन्धित सरकारी निकायसँग समन्वय गर्दै राहत तथा उद्धार कार्यमा सहयोग गर्ने कोषले जनाएको छ।

कोषले आफ्नो स्रोत र साधनले भ्याएसम्म विपद् प्रभावित नागरिकको उद्धार, राहत तथा पुनःस्थापनाका लागि आवश्यक सहयोग पुर्‍याउने प्रतिबद्धता समेत व्यक्त गरेको छ।