१४ भाद्र २०८३, आईतवार
,
Latest
भोटेकोशी बाढीलाई राष्ट्रिय शोक र पीडाका रूपमा लिनुपर्छ : अध्यक्ष ओली प्रधानमन्त्री राहत कोषमा कांग्रेसले एक करोड जम्मा गर्ने रवि लामिछाने र मुख्यमन्त्री किरण थापाबीच भेटवार्ता, विपद् व्यवस्थापनमा तीन तहबीच समन्वय आवश्यक रहेको निष्कर्ष भोटेकोशी बाढी प्रभावित क्षेत्रमा सञ्चार सहज बनाउन २० स्याटेलाइट फोन बाढी प्रभावित क्षेत्रमा उद्धार र राहत तीव्र बनाउन सरकारसँग समन्वय गर्ने रवि लामिछानेको प्रतिबद्धता माथिल्लो त्रिशूली–३ ‘ए’को सुरुङमा फसेकाको उद्धारका लागि ब्लास्टिङसम्मको तयारी टनेलभित्र उद्धार टोली पठाउने तयारी, पोर्टको मुख सफा गरिँदै भोटेकोशी विपत्तिमा ‘अहंकार, निषेध र प्रतिशोध त्याग्न’ योगेश भट्टराईको बालेन सरकारलाई आग्रह हिमानी कोषद्वारा बाढी प्रभावित समुदायलाई खाद्यान्न तथा राहत सामग्री सहयोग त्रिशूली–३ ‘बी’ आयोजनामा उद्धारका लागि नेपाली सेनासहितको प्राविधिक टोली परिचालित
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढीमा मृतकको संख्या ७६८ पुग्यो, चितवनमा मात्रै २६४ शव फेला



अ+ अ-

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न जिल्लामा फेला परेका शवको संख्या ७६८ पुगेको छ।

नेपाल प्रहरीले आइतबार दिउँसो २ बजेसम्मको विवरण सार्वजनिक गर्दै बाढीमा मृत्यु भएका ७६८ जनाको शव फेला परेको जनाएको हो।

प्रहरीको विवरणअनुसार सबैभन्दा बढी शव चितवनमा भेटिएका छन्। चितवनमा मात्रै २६४ शव फेला परेका छन्।

पूर्वी नवलपरासीमा १९४, पश्चिम नवलपरासीमा १००, गोरखामा ५८, नुवाकोटमा ५२, धादिङमा ५०, तनहुँमा ३७ र रसुवामा १३ शव फेला परेको प्रहरीले जनाएको छ।
बाढीपछि सञ्चालन गरिएको खोज तथा उद्धार अभियानअन्तर्गत हालसम्म २ हजार ७१५ जना घाइते तथा अन्य प्रभावितको उद्धार गरिएको छ।

उद्धार गरिएकामध्ये काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत १६० जना घाइते उपचारपछि डिस्चार्ज भई घर फर्किएका छन्।प्रहरीका अनुसार बाढी प्रभावित क्षेत्रमा अझै खोजी तथा उद्धार कार्य जारी रहेको छ।




भर्खरै