१४ भाद्र २०८३, आईतवार
,
Latest
राहत वितरणमा सरकारनिकट संस्थालाई प्राथमिकता दिएको भन्दै कांग्रेस नेता आङ्देम्बेको आपत्ति माथिल्लो त्रिशूली–३ ‘ए’मा उद्धारका लागि स्काभेटर र डोजर हेलिकप्टरबाट लैजाँदै रसुवा बाढीमा मृत्यु हुनेको संख्या ७५२ पुग्यो, २ हजार ५०२ जना अझै सम्पर्कविहीन बाढीग्रस्त क्षेत्रबाट ८० जना अलपत्र यात्रुलाई काठमाडौँ ल्याइयो: आजबाट ३ वटा गाडी सञ्चालनमा विपद्को मौका छोपी ग्यासमा अनियमितता गर्नेलाई कारबाही गर्न बुर्लाकोटीको माग त्रिशूली–३ ‘बी’ मा उद्धारका लागि सुरुङ प्रवेशको तयारी, फ्रन्ट फेसमा चार प्वाल ड्रिलिङ सम्पन्न भोटेकोसी बाढीमा खोज, उद्धार र राहत प्रभावकारी बनाउन रवि लामिछानेको निर्देशन सन्दीपको घोषणा : एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा, हरेक विकेट र बाउन्ड्रीमा १,५००… भोटेकोशी बाढीः त्रिशूली–३ आयोजनाको सुरुङको प्रवेशद्वार खोज्दै विशेषज्ञ टोली बाजुरामा जिल्लाव्यापी पशु खोप अभियान
तपाईं के खोज्दै हुनुहुन्छ ?

भोटेकोशी बाढी : ७३५ शव फेला, २ हजार ७१५ जनाको उद्धार



अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित क्षेत्रमा हालसम्म ७३५ जनाको शव फेला परेको छ ।

जिल्ला प्रहरी कार्यालय तथा सम्बन्धित सुरक्षा निकायबाट प्राप्त विवरणअनुसार आइतबार बिहान ११ बजेसम्म बाढीमा परी २५ जना प्रहरी कर्मचारी अझै सम्पर्कविहीन छन् ।

बाढी प्रभावित क्षेत्रमा उद्धार तथा खोजी कार्यका लागि ७ हजार २९३ जना प्रहरी परिचालन गरिएको छ ।

फेला परेका शवमध्ये रसुवामा १३, नुवाकोटमा ५२, धादिङमा ५०, चितवनमा २५९, गोरखामा ५८, तनहुँमा ३७, नवलपरासी (पूर्व) मा १८४ र नवलपरासी (पश्चिम) मा ८२ जना रहेका छन् ।

त्यस्तै, बाढी प्रभावित क्षेत्रमा हालसम्म २ हजार ७१५ जनाकोदखद उद्धार तथा घाइतेको विवरण प्राप्त भएको छ । यसमध्ये रसुवामा ६९२, नुवाकोटमा २ हजार २० र धादिङमा ३ जना रहेका छन् ।

यस्तै, काठमाडौं उपत्यकाका विभिन्न अस्पतालमा उपचाररत तथा उपचारपछि डिस्चार्ज भएका घाइतेको संख्या १६० जना रहेको प्रहरीले जनाएको छ ।

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मीले खोज, उद्धार तथा राहत कार्यलाई निरन्तरता दिइरहेका छन् ।




भर्खरै