१३ आश्विन २०८३, मंगलवार Tuesday, September 29, 2026
१३ आश्विन २०८३, मंगलवार
ताजा खबर
News Polar राष्ट्रिय प्रतिरक्षा विश्वविद्यालय विधेयक प्रतिनिधिसभामा पेश News Polar विधि विज्ञान प्रयोगशाला विधेयकमाथि समितिको प्रतिवेदन प्रतिनिधि सभामा पेश News Polar प्रधानमन्त्री दैवीप्रकोप उद्धार र राहत कोषको आय–व्यय विवरण सार्वजनिक गर्न माग News Polar जलवायु परिवर्तनसम्बन्धी दोहोरो समिति नबनाउन सांसद विकको माग News Polar भारतीय कर नीतिले जुट उद्योग धराशायी हुने भन्दै सरकारको ध्यानाकर्षण News Polar भट्टराईको टिप्पणी : ‘ठूला माछा समात्ने प्रकरणमा सरकार पछि हट्नु विडम्बना’ News Polar धुनिबेशीमा ६ वटा सवारीसाधन दुर्घटनामा News Polar प्रधानमन्त्रीको विदेश भ्रमणबारे संसदलाई जानकारी नदिएको भन्दै एमाले सांसद हमालको आपत्ति News Polar विपद् व्यवस्थापन संरचना बलियो बनाउन सरकारसँग सांसद खरेलको माग News Polar सम्पर्कविहीन नागरिकको अवस्थाबारे तत्काल जानकारी दिन सांसद राईको माग News Polar दाना–खुर्कोट प्रसारण लाइनको टावर बाढीबाट क्षति News Polar नारायणी बाढीपीडितलाई प्रदेश सरकारको साथ रहने मुख्यमन्त्री थापाको प्रतिबद्धता News Polar यातायात व्यवस्था कार्यालयबाट ३५ करोड राजश्व सङ्कलन News Polar भोटेकोशी बाढी : कास्कीबाट पौने तीन करोड बढी सहयोग News Polar चोलेन्द्र पक्राउ प्रकरण: न्याय परिवारलाई आतंकित तुल्याउने नियत देखियो: न्यायाधीश समाज News Polar नहर विस्तार गर्दै सिक्टा सिँचाइ आयोजना News Polar चीनको पहाडी क्षेत्रमा तिब्रगतिको रेल सेवा सञ्चालन, आर्थिक विकास र पर्यटनमा नयाँ आयाम News Polar टर्कीको गाजियान्तेपमा मिनीबस र कार ठोक्किँदा ७ जनाको मृत्यु, १३ घाइते News Polar प्राकृतिक उपचारस्थल सिंगा तातोपानी कुण्डमा बाढीले क्षति News Polar विदेशी ज्ञान र अनुभव स्वदेशमा : ‘क्याटरिङ’ व्यवसायमा अब्बल जनप्रकाश चापागाईँ

गौतमबुद्ध विमानस्थलमा उडान अवतरण गर्नेलाई थप सुविधा दिने सरकारको तयारी

गौतमबुद्ध विमानस्थलमा उडान अवतरण गर्नेलाई थप सुविधा दिने सरकारको तयारी
अ अ+ अ-

काठमाडौँ: सरकारले गौतमबुद्ध विमानस्थलमा उडान तथा अवतरण गर्ने विमान कम्पनीलाई थप सुविधा दिने भएको छ । हाल भौतिक निर्माण करीब ८० प्रतिशत सम्पन्न भएको सो विमानस्थलाई सन् २०२० को जनवरीदेखि व्यावसायिक उडान गर्ने लक्ष्य राखेको छ ।

हाल निर्माण कार्य युद्धस्तरमा जारी रहेको सो विमानस्थललाई थप व्यावसायिक बनाउने र काठमाडौँमा अवस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप घटाउन पनि केही आकर्षक सुविधा दिने सरकारको तयारी छ ।

ओमनको वायु सेवा प्रदायक सलाम एयरको ‘जनरल सेल्स म्यानेजर’ समेत रहेको आइएमई समूहले शनिबार राजधानीमा आयोजना गरेको कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले काठमाडौँबाट उडान र अवतरण हुने वायु सेवा प्रदायक कम्पनीलाई भन्दा गौतमबुद्ध विमानस्थलबाट त्यस्तो सेवा दिने कम्पनीलाई थप केही सुविधा दिने बारेमा सरकारले गृहकार्य गरिरहेको बताउनुभयो ।

उहाँले भन्नुभयो, “पार्किङ, तथा उडान तथा अवतरणमा लाग्ने शुल्क केही कम गर्ने वा इन्धनसमेत सस्तोमा दिन केही गर्न सकिन्छ कि भनेर सरकारले आन्तरिक छलफल गरिरहेको छ ।”

गौतमबुद्ध विमानस्थलाई केन्द्रमा राखेर उडान तथा अवतरण गर्ने वातावरण मिलाउन नेपालमा उडान गरिरहेका वायु सेवा प्रदायक कम्पनी तथा नेपाल आउन चाहेका अन्य कम्पनीलाई समेत सरकारले आग्रह गरेको उहाँको भनाइ छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले वार्षिक ५० लाख यात्रुलाई सेवा दिएको तथ्याङ्क पेश गर्दै मन्त्रीले यात्रुको सङ्ख्या वार्षिक सात प्रतिशतले बढिरहेकाले पनि त्यसलाई व्यवस्थापन गर्न थप विमानस्थल निर्माण गरिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न हुने चरणमा पुगेको छ । यस्तै पोखरामा निर्माणाधीन पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको पनि भौतिक निर्माण ४५ प्रतिशत माथि पुगेको छ । सन् २०२० को डिसेम्बरसम्म सो विमानस्थल निर्माण सम्पन्न हुन्छ भन्ने देखिएको छ ।”

कार्यप्रगतिका आधारमा हेर्दा पोखरा क्षेत्रीय विमानस्थल तोकिएको समयभन्दा छ महीना पहिले नै निर्माण सम्पन्न हुने देखिएको छ । सो विमानस्थल सन् २०२१ को जुनमा सम्पन्न गर्ने लक्ष्य राखिएको थियो । गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलले प्रदेश नं ५, कर्णाली र सुदूरपश्चिम प्रदेशका जनतालाई थप सेवा दिने र नेपाल आउन चाहने बौद्ध धर्मावलम्बीलाई पनि सहज यात्राको वातावरण तयार पार्ने मन्त्री भट्टराईको भनाइ छ ।

“विमानस्थलको प्रवद्र्धनका लागि सरकारले गर्न सक्ने जति सबै विषयलाई सम्बोधन गर्छ । मेरो आग्रह छ । अब गौतमबुद्ध विमानस्थललाई नै केन्द्रमा राखेर उडान तथा अवतरण गर्ने योजना बनाउनुस”, मन्त्री भट्टराईले भन्नुभयो ।

चीन र भारतजस्ता छिमेकी देशका पर्यटकलाई केन्द्रमा मात्रै राख्ने हो भने पनि ठूलो सङ्ख्यामा पर्यटक भित्र्याउन सकिने विश्वास व्यक्त गर्दै उहाँले मध्यपूर्वका देशबाटसमेत गुणस्तरीय पर्यटक भित्र्याउन सरकारले पहल गरिरहेको बताउनुभयो । “मध्यपूर्वका देशका पर्यटक बिदा मनाउन युरोप तथा पश्चिमा मुलुकमा जाने गरेका छन् ।

उनीहरुलाई नेपाल भित्र्याउनेतर्फ हामी सबैको पहल र प्रयत्न जरुरी छ”, मन्त्री भट्टराईले भन्नुभयो, “नेपालले वैदेशिक रोजगारीका लागि नेपाली युवा पठाएका कम्पनीका प्रमुख व्यवस्थापक, प्रमुख कार्यकारी अधिकृत तथा उच्च तहका कर्मचारीलाई समेत नेपालमा आउने वातावरण बनाउन यसअघि नै आग्रह गरिसकिएको छ ।”

सरकारले विभिन्न देशका रहेका नेपाली दूतावासलाई समेत नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउनका लागि सबै प्रकारको गतिविधि सञ्चालन गर्न आवश्यक निर्देशन दिइसकिएको र आवश्यक तयारीसमेत भइसकेको उहाँको थप प्रष्टोक्ति थियो । मध्यपूर्वका पर्यटकलाई केन्द्रित गरेर विमानस्थलमा नै प्रार्थना कक्ष स्थापना गर्ने, होटल तथा रेष्टुराँमा पनि त्यस्तो सुविधा उपलब्ध गराइने र हलाल खानाको ‘मेन्यु’ समेत राख्न होटल व्यवसायीलाई आग्रह गरिएको मन्त्री भट्टराईको भनाइ छ । उहाँले बढीभन्दा बढी पर्यटक भित्र्याउने वायु सेवा प्रदायक कम्पनी, टुर एण्ड ट्राभल्सलाई समेत सम्मान गर्ने योजना अगाडि सारिएको जानकारी दिनुभयो ।

अनलाइनबाटै प्रवेशाज्ञा शुल्क तिर्न सकिने

मन्त्री भट्टराईले अनलाइनबाटै प्रवेशाज्ञाका लागि आवेदन दिन सकिने व्यवस्था भए पनि त्यसलाई थप सुदृढ गरेर अनलाइनबाटै त्यसबापत लाग्ने शुल्कसमेत तिर्न सकिने व्यवस्था गर्न लागिएको जानकारी दिनुभयो ।

उहाँले विमानस्थलको अध्यागमनलाई थप प्रविधिमैत्री र व्यवस्थित बनाउने तयारी अन्तिम चरणमा पुगेकोसमेत बताउनुभयो । उहाँले कुनै झण्झटरहित तरिकाले अध्यागमनमा सेवा दिने तयारी अध्यागमन विभागले गरिरहेको जानकारी आफूले पाएको उहाँको भनाइ थियो ।

संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले नेपाल भ्रमण वर्ष २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको तयारीलाई सफल बनाएर हरेक वर्ष क्रमशः वृद्धि गर्दै जाने योजनामा लागिएको बताउनुभयो ।

नेपाल पर्यटन बोर्डका प्रमुख कार्यकारी अधिकृत दीपकराज जोशीले ‘अफ सिजन’ पर्यटन प्रवद्र्धनमा सरकार र बोर्ड संयुक्तरुपमा लागेको जानकारी दिँदै नेपाल भ्रमण वर्ष २०२० सफल बनाउन सबैकोतर्फबाट साथ र सहयोगको जरुरी रहेको बताउनुभयो ।

कार्यक्रममा नाट्टाका अध्यक्ष सिएन पाण्डे र वैदेशिक रोजगार व्यवसायी सङ्घका अध्यक्ष रोहन गुरुङले नेपालको पर्यटन प्रवद्र्धनका लागि सरोकार भएका सबै क्षेत्रको सक्रिय सहयोग र सहभागिता जरुरी रहेको र त्यसमा आफूहरुको तर्फबाट गर्नुपर्ने योगदानका लागि तयार रहेको बताउनुभयो ।

कार्यक्रममा आइएमई समूहका प्रबन्ध निर्देशन हेमराज ढकालले नेपाल भ्रमण वर्षलाई सफल बनाउने लक्ष्यका साथ ओमनको सलाम एयरले दैनिक एक उडान गर्ने गरी तयारी गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा सोही समूहका अध्यक्ष चन्द्र ढकालले नेपालको आर्थिक समृद्धिको प्रमुख क्षेत्रका रुपमा रहेको पर्यटनलाई थप सबल र सक्षम बनाउन उद्योगी व्यवसायी, सरकार र निजी क्षेत्रका बीचमा हातेमालो गर्नुपर्नेमा जोड दिनुभयो ।

उहाँले सलाम एयरले गौतमबुद्ध विमानस्थलबाट पनि उडान गर्न सक्ने जानकारी दिनुभयो । कार्यक्रममा सलाम एयरका प्रतिनिधिले नेपालको प्राकृतिक सुन्दरता र मेहनती नेपालीको व्यवहारले आफूहरुलाई तानेको र दैनिक एक उडान गर्ने योजना बनाएको जानकारी दिएका थिए ।