२१ भाद्र २०८३, आईतवार
,
Latest
प्रधानमन्त्री राहत कोषमा सहयोग रकम सङ्कलन हुँदै बेदकोटमा झोलुङ्गे पुल खस्दा पक्की पुल जोखिममा भोटेकोशी बाढीः वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज भोटेकोशी बाढीः त्रिशूली-१ मा थर्मल क्यामेराको सहयोगमा खोजी जारी त्रिशूलीमा बाढी आउँदा सुरक्षाकर्मीले यसरी जोगाए ९२३ कैदीबन्दी बाढी प्रभावित क्षेत्रमा खटिने सुरक्षाकर्मीलाई प्रधानमन्त्रीको सन्देशः तपाईंहरुको यो योगदानको उच्च कदर हुनेछ पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द गुल्मीका बाख्रामा देखिएको पिपिआर रोग नियन्त्रणमा कोरला नाका चलायमानः भन्सार र क्वारेन्टाइनमा कर्मचारी थप हामी सबैलाई आश्वस्त बनाउन चाहन्छौँ की यो महाविपत्तिमा सरकार र पीडामा रहेका नागरिक सँगसँगै रहन्छौँः…
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा भेटियो बुद्धकालको सबैभन्दा पुरानो मन्दिर



अ+ अ-

इस्लामाबाद । पाकिस्तानी र इटालेली पुरातत्वविद्हरुको एक संयुक्त टोलीले उत्तर–पश्चिम पाकिस्तानमा दुई हजार ३०० वर्ष पुरानो बौद्ध मन्दिर फेला पारेको छ । यसका साथै उत्खननमा अन्य केही बहुमूल्य वस्तुहरु पनि फेला परेका छन् । यो मन्दिर खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लामा बरिकोट तहसीलको बौद्धकालको बाजिरा सहरमा फेला परेको हो । यो मन्दिरलाई पाकिस्तानको बौद्धकालको सबैभन्दा पुरानो मन्दिर मानिएको छ । 

सो सम्बन्धमा एक वरिष्ठ अधिकारीले भनेका छन्, “पाकिस्तानी र इटालेली पुरातत्वविद्हरुले उत्तरपश्चिम पाकिस्तानको एक ऐतिहासिक स्थलमा संयुक्त उत्खननका क्रममा बौद्धकालको दुई हजार ३०० वर्ष पुरानो मन्दिर फेला पारेका छन् । यसबाहेक अन्य अमूल्य कलाकृतिहरु पनि बरामद भएका छन् जुन कुनै खजानाभन्दा कम छैनन् । स्वातमा फेला परेको यो मन्दिर पाकिस्तानको तक्षशिलामा पाइने मन्दिरभन्दा पनि पुरानो हो ।”

थप पुरातात्विक स्थलहरु फेला पर्न सक्ने

मन्दिरका साथै पुरातत्वविद्हरुले ग्रिसका राजा मिनान्दरको पालाको खरोष्ठी भाषामा लेखिएका सिक्का, औँठी, भाँडाकुँडालगायत दुई हजार ७०० भन्दा धेरै बौद्ध कलाकृति फेला पारेका छन् । स्वात जिल्लाको ऐतिहासिक नगर बाजिरामा उत्खननका क्रममा थप पुरातात्विक स्थल फेला पर्ने विश्वास इटालेली विज्ञहरुले गरेका छन् । पाकिस्तानका लागि इटालीका राजदूत आन्द्रे फेरारीले पत्रकारहरुसँग भन्नुभयो, “पाकिस्तानका पुरातात्विक स्थलहरु विश्वका विभिन्न धर्मका लागि धेरै महत्वपूर्ण छन् ।”

इजिप्टमा पनि भेटिएको थियो सूर्य मन्दिर

यसअघि पिरामिडका लागि प्रसिद्ध इजिप्टका पुरातत्वविद्हरुले पछिल्लो ५० वर्षमा सबैभन्दा ठूलो सफलता हासिल गरेका थिए । पुरातत्वविद्हरुले प्राचिन इजिप्टका राज फारोका हराएका छ वटा सूर्य मन्दिरमध्ये एउटा फेला पारेका थिए । यो सूर्य मन्दिर देशको मरुभूमि क्षेत्रमा उत्खननका क्रममा फेला परेको थियो । करिब ५० वर्षअघिको उत्खननमा पहिलो पटक यस्तो सूर्य मन्दिर भेटिएको थियो । यी मन्दिरहरू राजा फारो जीवित हुँदा उनलाई देवताको दर्जा दिनका लागि निर्माण गरिएको थियो।