१३ आश्विन २०८१, आईतवार
,
Latest
सिधाकुराले मानहानी गरेको ठहर: प्रकाशक र सम्पादकलाई ३ महिना कैद सजायको फैसला कमल थापालाई दोहोरो स्वर्ण माथिल्लो सडकबाट खसेको पहिरो तल्लो सडकका सवारीसाधनमा खस्दा झ्याप्ले खोला दुर्घटना समलिङ्गी विवाहलाई छुट दिएर नेपालमा सांस्कृतिक अतिक्रमण गरिएको छः महासचिव गुरुङ प्रधान सेनापतिसँग चीनको राजदूतको भेट हिउँदमा विद्युत आयातमा भर पर्नुपर्छः कुलमान घिसिङ सर्वदलीय बैठकको सरकारलाई सुझावः उद्धार र राहतमा ध्यान देऊ बाढी पहिरोबाट ऊर्जा,जलस्रोत र सिंचाई क्षेत्रमा मात्रै ४ अर्ब ३५ करोडको क्षति हवाई भाडा नबढाउने एयरलाइन्स कम्पनीको निर्णय सेनाद्वारा १३७ जनाको सकुशल उद्धार – फोटोफिचर
तपाईं के खोज्दै हुनुहुन्छ ?

पाकिस्तानमा भेटियो बुद्धकालको सबैभन्दा पुरानो मन्दिर



अ+ अ-

इस्लामाबाद । पाकिस्तानी र इटालेली पुरातत्वविद्हरुको एक संयुक्त टोलीले उत्तर–पश्चिम पाकिस्तानमा दुई हजार ३०० वर्ष पुरानो बौद्ध मन्दिर फेला पारेको छ । यसका साथै उत्खननमा अन्य केही बहुमूल्य वस्तुहरु पनि फेला परेका छन् । यो मन्दिर खैबर पख्तुनख्वा प्रान्तको स्वात जिल्लामा बरिकोट तहसीलको बौद्धकालको बाजिरा सहरमा फेला परेको हो । यो मन्दिरलाई पाकिस्तानको बौद्धकालको सबैभन्दा पुरानो मन्दिर मानिएको छ । 

सो सम्बन्धमा एक वरिष्ठ अधिकारीले भनेका छन्, “पाकिस्तानी र इटालेली पुरातत्वविद्हरुले उत्तरपश्चिम पाकिस्तानको एक ऐतिहासिक स्थलमा संयुक्त उत्खननका क्रममा बौद्धकालको दुई हजार ३०० वर्ष पुरानो मन्दिर फेला पारेका छन् । यसबाहेक अन्य अमूल्य कलाकृतिहरु पनि बरामद भएका छन् जुन कुनै खजानाभन्दा कम छैनन् । स्वातमा फेला परेको यो मन्दिर पाकिस्तानको तक्षशिलामा पाइने मन्दिरभन्दा पनि पुरानो हो ।”

थप पुरातात्विक स्थलहरु फेला पर्न सक्ने

मन्दिरका साथै पुरातत्वविद्हरुले ग्रिसका राजा मिनान्दरको पालाको खरोष्ठी भाषामा लेखिएका सिक्का, औँठी, भाँडाकुँडालगायत दुई हजार ७०० भन्दा धेरै बौद्ध कलाकृति फेला पारेका छन् । स्वात जिल्लाको ऐतिहासिक नगर बाजिरामा उत्खननका क्रममा थप पुरातात्विक स्थल फेला पर्ने विश्वास इटालेली विज्ञहरुले गरेका छन् । पाकिस्तानका लागि इटालीका राजदूत आन्द्रे फेरारीले पत्रकारहरुसँग भन्नुभयो, “पाकिस्तानका पुरातात्विक स्थलहरु विश्वका विभिन्न धर्मका लागि धेरै महत्वपूर्ण छन् ।”

इजिप्टमा पनि भेटिएको थियो सूर्य मन्दिर

यसअघि पिरामिडका लागि प्रसिद्ध इजिप्टका पुरातत्वविद्हरुले पछिल्लो ५० वर्षमा सबैभन्दा ठूलो सफलता हासिल गरेका थिए । पुरातत्वविद्हरुले प्राचिन इजिप्टका राज फारोका हराएका छ वटा सूर्य मन्दिरमध्ये एउटा फेला पारेका थिए । यो सूर्य मन्दिर देशको मरुभूमि क्षेत्रमा उत्खननका क्रममा फेला परेको थियो । करिब ५० वर्षअघिको उत्खननमा पहिलो पटक यस्तो सूर्य मन्दिर भेटिएको थियो । यी मन्दिरहरू राजा फारो जीवित हुँदा उनलाई देवताको दर्जा दिनका लागि निर्माण गरिएको थियो।