१२ भाद्र २०८३, शुक्रबार
,
Latest
नेपाल–चीन सम्बन्ध बिगार्ने गरी ‘चीनले बाढीको सूचना दिएन’ भन्ने आरोप ‘र्‍युमर’ मात्र होः रेग्मी रसुवा बाढी : ४० विदेशी नागरिकसहित ७०६ जनाको उद्धार भौँतारिँदै भोटेकोशी बाढीसँगै हराएका आफन्तहरू रसुवा बाढी उद्धारमा विदेशी टोली नबोलाएकोबारे सरकारको स्पष्टीकरण : ‘राष्ट्रिय क्षमतामै भर पर्नु स्वाभाविक’ भोटेकोशी बाढीः १०२ शवको डीएनए परीक्षण र पहिचान प्रक्रिया पोखरामा शुरु नेपालको पहिरो विपत्तिप्रति चीनको दुःख, उद्धारमा सहयोग गर्ने सीको प्रतिबद्धता भोटेकोशी बाढी : ११७ विदेशी पर्यटकको उद्दार, कुन देशका कति ? भोटेकोशी बाढीः टिचिङ अस्पतालमा २२ को उपचार हुँदै, २१ बिरामी ‘डिस्चार्ज’ बाढीपहिरो प्रभावितको राहतका लागि एमाले बागमती र राजधानी प्रदेशद्वारा २० लाख सहयोग घोषणा माथिल्लो त्रिशूली–३ ‘ए’ को अन्डरग्राउन्ड पावर हाउसमा फसेका कर्मचारीको उद्धारका लागि उत्खनन तीव्र
तपाईं के खोज्दै हुनुहुन्छ ?

ड्याम फुटेको होइन, ग्ल्यासियर फुटेर लेदोसहितको पानी ओभरफ्लो : सरकार



अ+ अ-

काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा बाढीको जोखिम बढिरहेका बेला चीनतर्फ छोचेन खोला र पुरेपू त्साङ्पो नदीको संगम नजिक रहेको ठूलो तालमा ग्ल्यासियर फुटेको सरकारले जनाएको छ।

बिहीबार मन्त्रिपरिषद् बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै सरकारका प्रवक्ता एवं शिक्षामन्त्री सस्मित पोखरेलले ग्ल्यासियर फुटे पनि तालको ड्याम फुटेको अवस्था नरहेको स्पष्ट पारे।

उनका अनुसार ग्ल्यासियर फुटेपछि लेदोसहितको पानी ओभरफ्लो भएको हो। चीनतर्फको अवस्थाबारे परराष्ट्र मन्त्रालयमार्फत चिनियाँ सरकारसँग निरन्तर सम्पर्क र समन्वय भइरहेको उनले बताए।

चीनबाट प्राप्त जानकारीअनुसार अहिले नै ठूलो जोखिम नरहेको प्रवक्ता पोखरेलको भनाइ छ। यद्यपि सम्भावित जोखिमलाई ध्यानमा राख्दै नदी आसपासका बासिन्दालाई सतर्क रहन उनले आग्रह गरे।

‘परराष्ट्र मन्त्रालयमार्फत चीन सरकारसँग निरन्तर संवाद भइरहेको छ। त्यो संवादमा त्यस्तो ठूलो जोखिम नरहेको चीनतर्फबाट पनि आइरहेको छ,’ उनले भने, ‘सतर्कमा बस्नका लागि सबै जनालाई आग्रह गर्न चाहन्छु।’

सरकारले चीनतर्फको पछिल्लो अवस्थाबारे निरन्तर सूचना लिने र आवश्यकताअनुसार जोखिम न्यूनीकरणका लागि समन्वय गर्ने जनाएको छ।