• ३० बैशाख २०८१, आईतवार
  •      Sun May 12 2024
  •   Unicode
Logo
Latest
★   बुल्दीखोलाको स्वरुप फर्काउने प्रयास ★   मधेश सरकारबाट बाहिरिदै एमाले र माओवादी ★   प्रधानमन्त्री दाहालले तत्काल राजीनामा दिनुपर्छ, अभियुक्तले देश चलाउन मिल्दैन: डा. गोविन्द केसी ★   पहिचान फेरिएको फुस्रेबजार ★   राष्ट्रपति–प्रधानमन्त्री भेट ★   नारायणी नदीमा बन्ने पुलको प्रधानमन्त्रीले शिलान्यास गर्नुहुने ★   नियमित विवरण अद्यावधिक नगर्ने सहकारीलाई कारबाही गर्दै कामपा ★   कोइली खोलाले बगाउँदा एकको मृत्यु ★   चैतसम्मको आर्थिक अवस्था: नियन्त्रित मुद्रास्फीति, शोधनान्तर र चालुखाता बचतमा ★   जेम्स एन्डरसनले गरे सन्यासको घोषणा, वेस्ट इन्डिजविरुद्ध लर्ड्समा अन्तिम टेस्ट खेल्ने

इलियानाको ब्रेकअपपछि यस्तो प्रतिक्रिया



बलिउडमा कलाकारको प्रेम र ब्रेकअपको सम्बन्धको खबर कुनै नौलो होइन । हालैमा नायिका इलियाना डिक्रुजको पनि प्रेममा विश्राम लागेको छ । भारतीय मिडियाका अनुसार, इलियाना लामो समयदेखि एन्ड्रयूको प्रेममा थिइन् । तर, उनीहरु अब अलग भएका छन् ।

इलियाना र उनका प्रेमीविचको प्रेम किन टुट्यो भन्ने कारण सार्वजनिक नभए पनि इलियानाले आफ्नो एकान्टमा भएका प्रेमीसँगका सबै तस्वीर हटाएकी छिन् । प्रेमीसँगका रोमान्टिक तस्वीर हटाएसँगै पनि इलियाना अब प्रेममा नभएको बुझ्न सकिन्छ । इलियानाले सामाजिक संजालमा लेखेको एउटा स्टाटसले पनि उनी खराब समयसँग जुधिरहेकी छिन् भन्ने अनुमान लगाउन सकिन्छ ।

उनले लेखेकी छिन्,‘तपाई आफ्नो जिन्दगीमा आफ्नो परिवार, साथी र प्रेमीलाई गुमाउन सक्नुहुन्छ । तर, यसले प्रभावित भने बनाउन हुँदैन । तपाइको जिन्दगीबाट कोही पनि मानिस टाढा भएपनि आफूलाई नै गुमाउन भने हुँदैन ।’